७० लाखको मुर्ति प्रतिस्थापन

नुवाकोट : जिल्लाको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा ‘गुरु पद्मसंभव’को मूर्ति प्रतिस्थापन गरिएको छ। ७० लाख २० हजार लागतमा मूर्ति प्रतिस्थापन गरिएको हो।
स्थानीयवासीको श्रम र आर्थिक सहयोगसहित स्थानीय तह र बागमती प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको ‘गुरु पद्मसंभव’को मूर्ति अर्थमन्त्री डा. प्रकाशरण महतले प्रतिस्थापन गरेका हुन् ।
बेतिनीस्थित नाम्सापुरानमा १० रोपनी जग्गामा फैलिएको ‘गुरु पद्मसंभव’को मूर्ति व्यवस्थित बनाउन बाँकी रहेको गुम्बा व्यवस्थापन समितिले जनाएको छ।
दुप्चेश्वर गाउँपालिका र बागमती प्रदेश सरकारमार्फत हालसम्म ३८ लाख प्राप्त भएको र बाँकी ३२ लाखभन्दा बढी रकम स्थानीयवासीले चन्दा सङ्कलन गरेर मूर्ति निर्माण गरिएको हो।
प्रतिक्रिया दिनुहोस !
