राहदानी र परिचयपत्रको निःशुल्क फर्म भरिने

नुवाकोट : जिल्ला प्रशासन कार्यालय नुवाकोटमा राहदानी र परिचयपत्रको फर्म निःशुल्क भर्न सुरु गरिएको छ।
विदुर नगरपालिकाको सहयोगमा सोमबारदेखि सेवा सुरु गरिएको हो। विदुर नगरपालिकाले आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गरेपछि सेवा सुरु भएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए।
निःशुल्क फर्म भर्ने कार्यको शुभारम्भ गर्दै मेयर राजन श्रेष्ठले यस कार्यलाई विदुर नपा कार्यालयले निरन्तरता दिने बताए।
यसअघि राष्ट्रिय परिचय पत्र र राहदानीको फर्म भर्दा केही व्यवसायीले चर्को शुल्क लिएको गुनासो र उजुरी आएपछि कार्यालयले निःशुल्क फर्म भर्ने व्यवस्था मिलाउन सरोकारवालाहरूसँग छलफल गरेको थियो।
प्रतिक्रिया दिनुहोस !
