लोमान्थाङमा ‘तिजी’ पर्व आजदेखि सुरु

लोमान्थाङमा ‘तिजी’ पर्व आजदेखि सुरु
तिजी पर्वको पहिलो दिन आज लोमान्थाङ स्थित छोदे गुम्बाका लामा र भिक्षुहरुले सामुहिक रुपमा देवीदेवताको मुकुट लगाएर नृत्य प्रस्तुत गर्दै। तस्बिर : छेवाङ रिन्जिङ गुरुङ (लोमान्थाङ)।
सुन्नुहोस्

जोमसोम : उपल्लो मुस्ताङी गुरुङ र बिष्ट समुदायको मुख्य पर्व तिजी मंगलबारदेखि सुरु भएको छ । बसन्त ऋतुको आगमनसँगै पर्यटकीय चहलपहल हुने वैशाख महिनामा उपल्लो मुस्ताङी समुदायले धार्मिक तथा सांस्कृतिक पर्व हर्षोल्लासका साथ मनाउने गर्छन् ।

तिजी पर्वलाई भोट भाषामा 'तेम्बा चिरिङ' अर्थात छोटकरीमा 'तेन्जी' भन्ने गरिन्छ । तेन्जी उच्चारण गर्ने क्रममा परिवर्तन भइ तिजी पर्वको रुपमा नामाकरण हुन पुगेको हो । तेम्बा भनेको त्रिलोक अर्थात (जल, थल र वायु) । यी सबैलाई राम्रो होस् भनेर तिजी पर्वमा (रिम्डु) पूजापाठ गर्ने चलन रहेको लोमान्थाङका आम्ची घ्याचो बिष्ट बताए ।
 

१३ पुस्तामा मुस्ताङ राजाका ५ भाइमध्ये राजासहित ४ भाइको वंश विनास भएको र त्यसपछिको राजाको वंश नहराओस् र सधैं भरिलो रहोस्, शान्ति, सुख समृद्धि छाओस् भन्ने कामना गर्दै तिजी पर्व मनाउने थालिएको आम्ची बिष्टले उल्लेख गरे ।

उपल्लो मुस्ताङ मौलिक धार्मिक, सांस्कृतिक कलासंस्कृतिले प्रख्यात छ। पन्ध्रौं शताब्दीदेखि मनाइँदै आइरहेको यो पर्वलाई उपल्लो मुस्ताङी गुरुङ र बिष्ट समुदायले निरन्तर पछ्याइरहेका छन् ।

लोमान्थाङमा तिजी  यसवर्ष जेठ २ गतेखि ४ गतेसम्म ३ दिन मनाइने बताइएको छ । यो पर्वको पहिलो दिन मुस्ताङी राजाको लोमान्थाङ दरबार अगाडिको प्राङ्गणमा लोमान्थाङ स्थित छोदे गुम्बाका लामा तथा भिक्षुहरुले देवीदेवताको पूजापाठ र धार्मिक नृत्य प्रस्तुत गर्छन् । पर्वमा लामाहरुले देवीदेवता र राक्षसहरुको मुकुट पहिरिएर नृत्य प्रस्तुत गर्छन्। 

यस प्रकारका धार्मिक नृत्य अवलोकन गर्नाले मोक्ष प्राप्ती हुने जनविश्वास रहिआएको छ । पर्वको दोश्रो र तेस्रो तथा अन्तिम दिनमा सांस्कृतिक नृत्य  प्रर्दशन गर्ने गरिन्छ । तिजीको पहिलो दिन लोमान्थाङ दरबार परिसरमा बौद्ध धर्मको विभिन्न देवीदेवता र रिम्पोर्छेको विशाल थान्का प्रर्दशन गर्ने चलन छ । यो थान्का तिजी पर्वको दिनमा मात्र सार्वजनिक गर्ने गरिएको छ ।

ऐतिहासिक तथा धार्मिक तिजी पर्व दोर्जी सुनुको पुनरजन्म अर्थात बज्रकिलाको जीवक कथासँग सम्बन्धित छ । सुनुले पुनरजन्म प्राप्त गरी राक्षसको भय र हिंसा अन्त्य गरेको खुसीयालीमा शान्तिको प्रतिकको रुपमा तिजी पर्व मनाउने चलन रहेको भनाइ छ । 

उपल्लो मुस्ताङको लोमान्थाङ अहिले सजिसजाउ र सफा तुल्याएको छ । स्थानीय युवाक्लव, आमा समुह, एक्याप, वडा , गुम्बा र जनप्रतिनिधिहरुको संग्लनतामा लोमान्थाङलाई स्वच्छ र सफा बनाइएको हो । यसवर्ष लोमान्थाङ तिजी पर्वलाई भव्य र सम्भ रुपमा सम्पन्न गर्न लोमान्थाङ गाउँपालिकाले समन्वय र सहकार्य गरेको छ ।

लोमान्थाङमा तिजी पर्वको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकको लर्को लागेको छ । कोरोना कहरले सुस्ताएको उपल्लो मुस्ताङ पर्यटन तिजी पर्वको अवसरमा चलाएमान भएको संरक्षण व्यवस्थापन समिति लोमान्थाङका अध्यक्ष टसी गुरुङले उल्लेख गरे । उनले तिजी पर्व अवलोकन गर्न आएका आन्तरिक तथा बाह्य पर्यटकले लोमान्थाङका ३ दर्जन होटलहरु भरिएको बताए । उनले विदेशी पर्यटकले तिजी पर्वलाई निकै चाख र अभिरुचीका साथ अवलोकन गर्ने र फोटो र भिडियो खिच्ने भएकाले तिजी पर्व अन्तराष्ट्रिय स्तरमै महत्वपूर्ण पर्वको रुपमा परिचित भएको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.