जुकाको औषधि खुवाउँदा सिन्धुलीमा १६ जना विद्यार्थी विरामी

जुकाको औषधि खुवाउँदा सिन्धुलीमा १६ जना विद्यार्थी विरामी
विरामी भएका विद्यार्थीहरू।
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीको तिनपाटन गाउँपालिका-९ आम्बोटे माविमा जुकाको औषधि खुवाउँदा १६ जना विद्यार्थीहरू विरामी परेका छन्। 

सोमबार विद्यालयमै जुकाको औषधि खुवाएको एक घण्टापछि विद्यार्थीहरू विरामी भएका थिए। औषधि खुवाएपछि विद्यार्थीहरूमा हातखुट्टा फाल्ने, मुड्की हान्ने, बरबराउने, बेहोस हुनेजस्ता समस्या देखिएको छ।

सोमबार दुई छात्र र १० जना छात्रा गरी १२ जनामा यस्तो समस्या देखिएकोमा मंगलबार थप ४ जना छात्राहरूमा सोही समस्या देखिएको तिनपाटन गाउँपालिका-९ लाम्पानटारका वडाध्यक्ष मोहन बहादुर गौतमले जानकारी दिए। 

विद्यालयका २ सय ५४ जनालाई जुकाको औषधि खुवाइएको थियो। सोमबार विरामी भएका विद्यार्थीहरूको उपचारकै क्रममा मंगलबार थप चार जनामा सोही समस्या देखिएपछि गाउँपालिकाको स्वास्थ्यकर्मीहरूको टोली झिकाएर उपचार थालिएको गौतमको भनाइ छ। 

उता तिनपाटन गाउँपालिका अध्यक्ष कर्ण थापामगरका अनुसार विद्यालयका १४ छात्रा २ छात्र गरी १६ जनामा समस्या आए पनि १२ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

‘विद्यार्थीहरूमा समस्या देखिएपछि विरामी परेका विद्यार्थीमध्ये १० जनालाई आम्बोटो स्वास्थ्य चौकीमा ल्याएर उपचार गराइएको छ। एक जनाको सिन्धुली अस्पताल, तीन जनाको लाम्पानटार स्वास्थ्य चौकी र एक जनालाई थप उपचारका लागि काठमाडौंमा पठाइएको छ,’ अध्यक्ष थापामगरले भने। 

घटनाका बारेमा गाउँपालिकाको स्वास्थ्य शाखाले अनुसन्धानसमेत सुरु गरेको छ। विद्यार्थीहरूमा यही भएको भन्ने अवस्था नभएको अध्यक्ष थापामगरले बताए। विरामी भएकामध्ये एक जना विद्यार्थीमा मेन्टन्ली समस्यासमेत देखिएको छ। विद्यार्थीहरूलाई खुवाईएको औषधि गाउँपालिकाले नै खरिद गरेको हो। 

विद्यार्थीलाई औषधि खुवाएपछि एकै पटक विरामी हुँदा औषधिको गुणस्तरकै विषयमा समेत प्रश्न उठाइएको छ। ‘तर, गाउँपालिकाले अनुशन्धान गर्दा औषधिको डेट एक्सपायर लगायतको समस्या देखिएको छैन। अन्य के समस्या भयो भन्ने खुलेको छैन। अनुसन्धानले पत्ता लाग्ला,’ अध्यक्ष थापाले थपे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.