चक्कु प्रहार गर्ने चार जना पक्राउ

चक्कु प्रहार गर्ने चार जना पक्राउ
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीको तिनपाटन गाउँपालिका-५ थाक्लेडाँडाका एक युवकमाथि चक्कु प्रहार गर्ने चार जनालाई प्रहरीले नियन्त्रण्मा लिएर सार्वजनिक गरेको छ। 

मंगलबार इलाका प्रहरी कार्यालय डाकाहले तिनपाटन-५ थाक्लेडाँडाका वर्ष ३० का लोकबहादुर सार्कीलाई चक्कु प्रहार गर्ने चार जनालाई तिन हजार नगदर एक थना मोबाइल तथा चम्कीलो ढुंगा जस्तो बस्तु सहित नियन्त्रण्मा लिएर सार्वजनिक गरेको हो।
 

पक्राउ पर्नेमा तिनपाटन गाउँपालिका ७ का वर्ष १९ का विशाल भनिने जीवन श्रेष्ठ, वर्ष २२ का खड्ग बहादुर श्रेष्ठ, घ्याङलेख गाउँपालिका ३ का वर्ष २० का रोशन कार्की, र सोही ठाउँका वर्ष २७ का सुरेन्द्र कामी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए। 

पक्राउ परेकामध्ये खड्गबहादुर श्रेष्ठले सार्कीलाई छुरा हानेको सिलवालले बताए। घटनामा संलग्न तिनपाटन गाउँपालिका ७ बस्ने वर्ष २७ का विदुर लामिछाने भने फरार छन्। उनको खोजीकार्य भइरहेको बताइएको छ। 

लोकबहादुर सार्कीसँग भएको चम्किने ढुंगाजस्तो बस्तुको विषयमा विवाद हुँदा पाँच जनाको समुहमा आएको टोलीले सार्कीमाथि चक्कु प्रहार गरेको थियो।
 
उनीहरूले सार्कीको साथबाट ३ हजार नगद तथा एक थान सामसुम कम्पनीको मोबाइलसमेत लुटेर लगेका थिए। घटनालगत्तै प्रहरी चौकी वाङरिङ चकमके र इलाका प्रहरी कार्यालय डाकाहाको प्रहरी टोलीले उनीहरूलाई तिनपाटन गाउँपालिका ४ सोडेबाट नियन्त्रणमा लिएको थियो।
 
पक्राउ परेका चारै जनामाथि ज्यानमार्ने उद्योग मुद्दामा जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ।
 
गत वैशाख ३१ गते तिनपाटन गाउँपालिका ५ थाक्लेडाँडामा सार्कीमाथि छुरा प्रहार भएको थियो। छुरा प्रहारबाट घाइते भएका सार्कीको लाम्पान्टार अस्पतालमा उपचार पछि थप उचारका लागि काठमाडौं लगिएको छ। उनी अहिले खतरा मुक्त रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.