पढाई कक्षा ५ : ‘क’ देखि ‘ज्ञ’ सम्म लेख्न जान्दैनन् विद्यार्थी

पढाई कक्षा ५ : ‘क’ देखि ‘ज्ञ’ सम्म लेख्न जान्दैनन् विद्यार्थी
सुन्नुहोस्

रामेछाप : कक्षा ५ पढ्ने विद्यार्थीले क, ख पनि लेख्न जान्दैनन् भन्दा अचम्म लाग्न सक्छ। यसको एउटा उदाहरण हो खाँडादेवी गाउँपालिका- ४ पुछिघाटमा रहेको सेती देवी आधारभूत विद्यालय। जहाँ नर्सरीदेखि कक्षा ५ सम्म अध्ययन-अध्यापन गराइन्छ। कक्षा ५ मा पढ्ने अधिकांश विद्यार्थी क देखि ज्ञ सम्म पनि लेख्न सक्दैनन्।

विद्यालयमा ३ वटा सरकारी दरबन्दी एउटा इसीडी र एक जना निजी श्रोत गरी ५ जनाको दरबन्दी रहेको छ भने २९ जना विद्यार्थी रहेका छन्। विद्यालयको शैक्षिक गुणस्तर लज्जास्पद भएको भन्दै स्थानीयले शिक्षा समन्वय इकाई रामेछापमा उजुरी दर्ता गराएका छन्।

आफ्ना छोराछोरी विद्यालयमा पढाएका अभिभावक शैक्षिक गुणस्तर देखेर चिन्तित बनेका छन्। नर्सरी पढ्ने बच्चाले राम्रोसँग पढ्न र लेख्न सक्छन् तर कक्षा ५ मा पढ्ने विद्यार्थीको हालत देख्दा आफूलाई चिन्तित बनाएको अभिभावक शर्मिला माझी बताउँछिन्। जति ठूलो कक्षामा बच्चा जान्छ उति पढेको बिर्सन्छ यो विद्यालय र शिक्षकको लापरबाही रहेको शर्मिलाको भनाइ छ। 

विद्यालयको शैक्षिक सुधारको लागि प्रयास गर्दागर्दै आफूलाई विद्यालय व्यवस्थापन समितिबाट अलग गराइएको निवर्तमान अध्यक्ष बाबुराम माझी बताउँछन्। विद्यालयका शिक्षकहरू कहिले पनि समयमा नआउने र पढाइमा ध्यान नदिएकै कारण कक्षा ५ मा पढ्ने विद्यार्थी क, ख पनि बिर्सन पुगेको बाबुराम बताउँछन्।

अधिकांश अति सीमान्तकृत माझी समुदाय रहेको पुछिघाटमा २०५० सालमा स्थापना गरिएको सेतिदेवी आधारभूत विद्यालयमा इन्द्रदास श्रेष्ठ संस्थापक प्रधानाध्यापक रहेका छन्। विद्यालयको कामले होस् या व्यक्तिगत कामले विद्यालय बाहिर जाँदासमेत कसैलाई निमित्तको जिम्मेवारी नदिई जाने गरेको पाइएको छ। कक्षा ५ मा अध्ययनरत विद्यार्थीको शैक्षिक अवस्थाको बारेमा सोही विद्यालयमा अध्यापन गराउने शिक्षिका सृजना दाहालसँग बुझ्दा कक्षा ५ मा 'क' 'ख' पढाउने नगरेकाले विद्यार्थीले बिर्सेको तर्क गर्छिन्। नयाँ मान्छे आएको देखेर विद्यार्थी डराएर लेख्न नसकेको दाहाल बताउँछिन्। 

यस्तै सोही विद्यालयका अर्का शिक्षक नीरबहादुर पौडेल पनि त्यस्तै तर्क गरेर पन्छिन खोज्छन्। पौडेल भन्छन्,' हामीले लेख्न लगाउँदा राम्रोसँग लेख्छन्, पढ्छन् तर नयाँ मान्छे आयो भने डरले लेख्न नसकेका हुन्। विद्यालयमा अनुपस्थित रहेका विद्यालयका प्रधानाध्यापक ईन्द्रदाश श्रेष्ठलाई सम्पर्क गर्दा आफू राजधानी काठमाडौं रहेको प्रतिक्रिया दिए।

पालिकाभित्रको शैक्षिक व्यवस्थापन हेर्ने खाँडादेवी गाउँपालिकाले तत्काल अनुगमन गर्ने र छानबिन गरि दोषी देखिए शिक्षकलाई कारबाही गरिने जनाएको छ। १/२ दिनमै अनुगमन गर्ने र तत्काल सो विद्यालयको शैक्षिक सुधारका लागि प्रक्रिया अगाडि बढाइने खाँडादेवी गाउँपालिका शिक्षा शाखा प्रमुख मिनबहादुर थापाले जानकारी दिए। पालिकाले पनि विद्यालयका प्रधानाध्यापक र शिक्षकहारूलाई शैक्षिक सुधार गर्न निर्देशन दिएको थापाले बताए। तर पालिकाको निर्देशनलाई बेवास्ता गर्दै सेतीदेवीले भने शैक्षिक गुणस्तरलाई भने जस्ताको तस्तै राखेको छ। null

पाँच जना शिक्षक-शिक्षिका दरबन्दी रहेको उक्त विद्यालयमा नर्सरीदेखि युकेजीसम्म ८ जना विद्यार्थी रहेका छन् भने सबैलाई एउटै कक्षाकोठामा राखेर पठनपाठन गराइँदै आएको छ। कक्षा १ मा ४ जना, कक्षा २ मा ३ जना, कक्षा ३ मा ६ जना, कक्षा ४ मा २ जना र कक्षा ५ मा ६ जना गरी जम्मा २९ जना विद्यार्थी रहेका छन्। 

कक्षा पाँचमा अध्ययनरत विद्यार्थी पनि १/२ जनाबाहेक अधिकांश विषय लागेर पास गरेको इसिडी दरबन्दीमा कार्यरत शिक्षक बिष्णुबहादुर माझी बताउँछन्। जिल्ला शिक्षा समन्वयको कार्यालयमा उजुरी आएपछि छानबिन गरि कारबाही गर्न गाउँपालिकालाई पत्राचार गरिएको जिल्ला समन्वय इकाइ प्रमुख भरतबहादुर भट्टराईले जानकारी दिए। विद्यालयको सम्पूर्ण अनुगमन, नियमन र कारबाही गर्ने अधिकार पालिकालाई नै भएको हुँदा आफूले समन्वय गरी पालिकालाई जानकारी गराएको पनि भट्टराईले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.