मुस्ताङमा हाईअल्टिच्युडका कारण ६ महिनामा १० विदेशीको मृत्यु

मुस्ताङमा हाईअल्टिच्युडका कारण ६ महिनामा १० विदेशीको मृत्यु
फाइल तस्बिर।
सुन्नुहोस्

जोमसोम : हिमाली जिल्ला मुस्ताङ भ्रमणमा आएका विदेशी पर्यटकमध्ये ६ महिनाको अवधिमा १० जनाको मृत्यु भएको छ। चालु वर्षको मंसिरदेखि वैशाखको पहिलो हप्तासम्म १० जना विदेशी पर्यटकको हाईअल्टिच्युडले मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

समुन्द्री सतहबाट ३ हजार मिटर उचाइमा मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई हाईअल्टिच्युडको समस्या देखिने गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए । प्रहरी स्रोतका अनुसार हाईअल्टिच्युडले मृत्यु हुनेमा अधिकांश ४० वर्ष नाघेका पर्यटक रहेको बताइएको छ । 

गर्मी स्थानबाट चिसो भूगोलमा मुक्तिनाथ दर्शन तथा घुम्न आउने पर्यटकले आवश्यक स्वास्थ्य सजगता अपनाउन नसक्दा अल्ट्रिच्युडले मृत्यु हुने समस्या रहेको प्रहरी नायव उपरीक्षक पौडेलको भनाइ छ । स्वास्थ्य अवस्था कमजोर भएका, उमेर बढी भएका र दीर्घ रोग भएका बिरामी होल्डिङ नगरी मुस्ताङको उच्च उचाइको क्षेत्रमा आउँदा यस प्रकारको समस्या देखिने गरेको प्रहरी नायव उपरीक पौडेलले उल्लेख गरे ।

चालु वर्षको मंसिर २ गते मनाङबाट तिलिचो ताल हुँदै मुस्ताङ आउने क्रममा घरपझोङ-५ मा पर्ने मेसोकोन्दो हिमालको पहाडमा हाईअल्टिच्युडका कारण थाईल्याण्डका पर्यटक ४९ वर्षीया रटाया फिलायासुजी र ३७ वर्षीया पेनी आरानयुएमको मृत्यु भएको थियो। चैत्र ४ गते मुक्तिनाथ क्षेत्रमा रुकुमपूर्व पुथा उत्तरगंगा गापा वडा-६ का सतलाल बुढाको मृत्यु भयो।

चैत्र १७ गते मुक्तिनाथ दर्शन गर्न आएका भारत उत्तर प्रदेशका ४८ वर्षीय सहदेव(साँधु)को मृत्यु भयो भने सोही दिन भारत तेलेङगाना भवनीनगर हैदरवादका ६१ वर्षीया रुपा थाङ्गेलाको हाईअल्टिच्युडले मृत्यु भयो ।

यसैगरी चैत्र महिनाको १८ गते ६४ वर्षीय भारतीय नागरिक बुङगा मुरलीको, चैत्र २२ गतेमा भारत कर्नाटकका ६९ वर्षीय आर जागाराजको मृत्यु भयो । प्रहरीको रिपोर्ट अनुसार चालु वर्षको चैत्र महिनामै ५ जना भारतीय पर्यटकले अल्टिच्युडले ज्यान गुमाए ।

चालु वर्षको बैशाख महिनाको ६ गते भारत कडारी राजेन्द्र नगरका ६९ वर्षीया रिता मेहोरोत्राले जोमसोमको एक होटलमा बस्दा अल्टिच्युडले ज्यान गुमाइन् भने सोही दिन धादिङ जिल्ला निलकण्ठ नपाका ४२ वर्षीय कपिल ठकुरीको पनि अल्टिच्युडले मृत्यु भएको प्रहरीको रिपोर्टमा उल्लेख छ ।

यस्तै, बैशाख ८ गते भारत गान्धीनगर आन्द्रा प्रदेशका ६६ वर्षीय मदुल्ला लक्ष्मी नरसिम्हा राओकोको हाईअल्टिच्युडले श्वाशप्रश्वासमा समस्या हुँदा मृत्यु भयो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.