प्रदेश सरकारको नीति तथा कार्यक्रममा वीरगन्जका लागि विशेष प्याकेजको माग

प्रदेश सरकारको नीति तथा कार्यक्रममा वीरगन्जका लागि विशेष प्याकेजको माग
महोत्तरीको बर्दिवासमा प्रदेश सरकारको अर्थ मन्त्रालयले आयोजना गरेको आगामी आर्थिक वर्षको पूर्व बजेटसम्बन्धी छलफल कार्यक्रममा सहभागी वीरगन्जका मेयर राजेशमान सिंहसहितका अन्य सहभागी। तस्बिर :अन्नपूर्ण
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले मधेस प्रदेशकै एकमात्र महानगर वीरगन्ज महानगरपालिकाका लागि विशेष प्याकेजसहितको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरेका छन् । 

बुधबार महोत्तरीको बर्दिवासमा प्रदेश सरकारको अर्थ मन्त्रालयले आयोजना गरेको आगामी आर्थिक वर्षको पूर्व बजेटसम्बन्धी छलफल कार्यक्रममा सहभागी मेयर सिंहले यस्तो माग गरेका हुन् । 

कार्यक्रममा बोल्दै मेयर सिंहले वीरगन्ज मधेस प्रदेशकै एकमात्र महानगर भएकाले नयाँ नीति तथा कार्यक्रममा वीरगन्ज महानगरकालागि विशेष प्याकेजको व्यवस्था गर्न अनुरोध गरे । प्रदेश सरकारको नीति तथा कार्यक्रम बनाउनु अघि प्रदेश सरकारका अर्थमन्त्री,योजना आयोगका उपाध्यक्षका साथै सम्बद्ध मन्त्रालयका सचिवसहितका टोलीलाई वीरगन्जमै आएर स्थलगत भ्रमण र अवलोकन गरिदिनका लागि मेयर सिंहले निम्तो पनि दिए । 

मेयर सिंहले भने,‘मन्त्रीज्यु ,उपाध्यज्युसहितको टोलीलाई एकपटक वीरगन्जमै आएर स्थलगत भ्रमणका लागि आइदिन म निमन्त्रणा गर्दछु ,तपाईंहरूलाई स्थलगत भ्रमण गरेपछि मात्रै वीरगन्जका आवश्यकता के के हुन् स्पष्ट हुन्छ ,त्यसले बजेट विनियोजनमा अझ सहज हुनेछ । '

संघीय सरकारबाट देशका ६ वटा महानगरमध्ये सबैभन्दा कम बजेट वीरगन्ज महानगरले पाइरहेको प्रसंग सुनाउँदै मेयर सिंहले भने,‘वीरगन्ज मधेसकै एकमात्र महानगर हो ,त्यसका कारण प्रदेश सरकारले अपनत्व लिएर वीरगन्जका लागि विशेष प्याकेजसहितको बजेट विनियोजन गर्नुपर्छ ।'

यदि वीरगन्जलाई मधेस प्रदेशकै सम्मुनत र समृद्ध सहर बनाउने हो भने त्यसका लागि प्रदेश सरकारले वीरगन्जमा आवश्यक पूर्वाधार निर्माणमा विशेष जोडदिनुपर्ने पनि उनले बताए । 

कार्यक्रममा मधेस प्रदेश सरकारका अर्थमन्त्री सन्जय यादव ,मधेस प्रदेश योजना आयोगाका उपाध्यक्ष नाथु प्रसाद चौधरी ,मन्त्रालयका सचिव,प्रदेशसभा सदस्य ,पालिकाका प्रमुखका साथै वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्षमी प्रसाद पौडेललगायतको पनि सहभागीता थियो ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.