कोशी प्रदेशमा गहुँ उत्पादनमा सामान्य वृद्धि

कोशी प्रदेशमा गहुँ उत्पादनमा सामान्य वृद्धि
फाइल तस्बिर।
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशमा गहुँ उत्पादनमा सामान्य वृद्धि भएको छ । मौसम अनुकूल भएपनि  रसायनिक मलको अभावले अपेक्षाकृत वृद्धि नभएको हो  । गत वर्षको तुलनामा कोशी प्रदेशमा यस वर्ष ९३ दशमलव ८८ मेट्रिकटन बढि गहुँ उत्पादन भएको हो ।  

गत वर्ष १ लाख ४१ हजार ८सय २८ मेट्रिक टन गहुँ उत्पादन भएको थियो । यस वर्ष ५७ हजार ४ सय ८९ दशमलव ५० हेक्टर क्षेत्रफलमा लगाएको गहुँ खेतिबाट कोशी प्रदेशमा १ लाख ४१ हजार ९ सय २१ दशमलव ८८ मेट्रिक टन गहुँ उत्पादन भएको कृषि विकास  निर्देशनालय विराटनगरले जनाएको छ । 

अन्नको भण्डार मानिने कोशी प्रदेशको तराई जिल्लामा गहुँ उत्पादनका लागि  अनुकूल मौसम भए पनि रासायनिक मल अभाव र  सिंचाइ कमीले अपेक्षाकृत वृद्धि नभएको कृषि विकास निर्देशनालय विराटनगरका कृषि अर्थविज्ञ नेत्रमणी काफ्ले जानकारीले दिए । 

काफ्लेका अनुसार गहुँ रासायनिक मल अनिवार्य प्रयोग गर्नुपर्ने भएकाले मल अभावले गहुँ उत्पादन गर्न नसकेको हो  ।  झापा ,मोरङ  र सुनसरीमा गुहँ उत्पादन सिंचाइ र मल खादकै अभावमा कम भएको हो  । सुनसरीमा ४१ हजार २ सय १३  मेट्रिक टन गहुँ उत्पादन भएको छ ।

गत वर्षको तुलनामा यस वर्ष सुनसरीमा १८ मेट्रिक टन उत्पादन बढि भएको हो  । त्यसैगरी कोशी प्रदेशमा  सबभन्दा कम भोजपुरमा ७ सय १८ मेट्रिक टन गहुँ उत्पादन भएको छ ।  जुन गत वर्षको तुलनामा ३० मेट्रिक टन  गहुँ उत्पादन कम भएको निर्देशनालयले जनाएको छ । 

त्यस्तै झापामा यस वर्ष उत्पादन वृद्धि भएको छ । यस वर्ष १४ हजार ८ सय ५० मेट उत्पादन भएको छ ।  गत वर्ष झापामा १३ हजार ५सय  मेट उत्पादन भएको थियो  ।  मोरङमा पनि गहुँ उत्पादनमा वुद्धि भएको छ । गत वर्ष २८ हजार १ सय ८७ मेट उत्पादन भएकोमा यस वष २८ हजार ५सय  ७६ मेट गहुँ उत्पादन भएको छ ।

 त्यस्तै संखुवासाभामा १६ सय ४९ मेटिक टन ,ताप्लेजुङ्गमा २ हजार ८ सय ९६ ,सोलुखुम्बुमा ४  हजार ३ सय १२ मेट्रिक टन गहुँ उत्पादन भएको हो।

त्यसैगरी पाचँथरमा ६ हजार ४ सय ३७ दशमलव ४८ ,इलाम ११ हजार ६ सय ८२ ,तेह्रथुम ४ हजार १ सय मेट्रिकटन गहुँ उत्पादन भएको छ । त्यसैगरी धनकुटा २ हजार ७ सय ,उदयपुरमा  १२ हजार ८ सय २७ , ओखलढुङ्गा ३ हजार ३ सय १०  र खोटाङमा  ६ हजार ६सय २८ मेट्रिक टन गहुँ उत्पादन भएको निर्देशनालयले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.