अनुसन्धान छिटो सक्न प्रहरीलाई दबाब

अनुसन्धान छिटो सक्न प्रहरीलाई दबाब
सुन्नुहोस्

काठमाडौं : भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाँण र टोपबहादुर रायमाझीसहित १४ जनालाई थप तीन दिन हिरासतमा राख्न म्याद थप भएको छ। जिल्ला अदालत काठमाडौंले बुधबार उनीहरूलाई हिरासतमा राख्नको लागि तीन दिनको म्याद थप गरेको हो। 

जिल्ला प्रहरी परिसर काठमाडांैका प्रवक्ता सीताराम रिजालका अनुसार यस प्रकरणमा पक्राउ परेका आरोपीहरूको बयान नसकिएको कारण प्रहरीले म्याद थपको लागि जिल्ला अदालतमा निवेदन दिएको थियो। अनुसन्धान सकेर प्रतिवेदन बुझाउनका लागि प्रहरीलाई थप केही दिन चाहिने रिजालले जानकारी दिए। 

यस प्रकरणमा सबैभन्दा पहिले गत चैत १२ गते प्रहरीले केशव दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो। उनीहरूसहित १४ जनाविरुद्ध संगठित अपराध र ठगी मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ। संगठित अपराधमा ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्ने कानुनी प्रावधान छ। सुरुमा पक्राउ परेका आरोपीहरूसहित पछि पक्राउ परेकाको पनि एकैपटक म्याद मिलान हुने प्रवक्ता रिजालले बताए। 

प्रहरी स्रोतका अनुसार अनुसन्धान प्रतिवेदन अन्तिम अवस्थामा पुगेको छ। राय लेख्न बाँकी छ। प्रहरीमा आत्मसर्मपण गरेका कांग्रेसका पूर्व सांसद आङ्टावा शेर्पाको बयान र सोधपुछ बाँकी नै छ। यस प्रकरणमा खाँण, रायमाझीरहित बहालवाला सचिव टेकनारायण पाण्डे, सुरक्षाविज्ञ इन्द्रजित राई, रायमाझीका छोरा सन्दीप रायमाझीसहित १४ जना हिरासतमा छन्। २ जना फरार छन्।   प्रहरी स्रोतका अनुसार अनुसन्धान प्रतिवेदन अन्तिम अवस्थामा पुगेको छ। राय लेख्न बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.