१७ वर्षीय किशोरद्वारा बालिकाहरूको अश्लिल भिडियो संकलन र ब्ल्याकमेलिङ

बालबालिकालाई सामाजिक सञ्जालमा अभिभावकको निगरानी आवश्यक

१७ वर्षीय किशोरद्वारा बालिकाहरूको अश्लिल भिडियो संकलन र ब्ल्याकमेलिङ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : बारा जिल्ला घर भएका यादव थरका उनी भर्खर १७ बर्षका भए । उनी हाल घट्टेकुलोमा रहेको एक होस्टलमा बसेर कक्षा ११ मा अध्ययन गर्छन् । प्रायजसो कलेज जाँदैनन् उनी । 

कलेज नगइ होस्टलमै बसेर ल्यापटपमा घोत्लिने उनको बानी पत्याउन नसक्ने खालको छ । उनलाई नाबालिकाहरुको अश्लिल भिडियो संकलन गर्ने, ब्लु फिल्म हेर्ने र अश्लिल भिडियो हेर्ने लत लागेको छ । यही लतले उनलाई प्रहरीको हिरासतमा पुर्‍यायो। 

उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अपराध अन्तरगतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप भइ आवश्यक अनुसन्धान भैरहेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले दिएको जानकारी अनुसार केही दिनअघि ४ जना नाबालिका लिएर एक महिला व्युरोको कार्यालय भोटाहिटीमा आएकी थिइन् । बालिकाहरु लिएर अत्तालिंदै महिला आएपछि व्युरोका अनुसन्धान अधिकृत सशंकित भए । बालिकामध्ये एक जना केही लोलाएको देखिन्थिन् । बोल्दै नबोल्ने र डराउने स्वभावकी थिइन् । उनकी आमाले उनलाई साथीहरुसँगै साइबर व्युरो ल्याएकी थिइन् । 

रिता केसी ‘नाम परिवर्तन’ १२ वर्षकी भइन् । उनी भक्तपुरमा बुवा र दाइबहिनीसँगै बस्छिन् । नजिकैको स्कुलमा कक्षा ७ मा पढ्ने उनी फुर्सदको बेलामा सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुन्थिन् । शिक्षण पेशामा संग्लन उनकी आमा काठमाडौं बाहिर नै बस्छिन् । उनका बाबु डेकोरेसन कम्पनीमा काम गर्छन् । दिदी र भाइसँगै स्कुल जाने उनी एकाएक घरमा फरक व्यवहार देखाउन थालिन् । बाथरुम जाँदा घण्टौ बस्ने । एकान्तमा घोत्लिइरहने । स्कुल जान मन नगर्ने, तर्सिने गर्न थालिन्। 

साइबर व्युरोका इन्सपेक्टर राजकुमार खड्कीका अनुसार व्युरोमा आउँदा बाथरुम पसेकी रिता निकै बेर बाहिर निस्कन मानिनन् । निकै जोडबलले उनलाई बाहिर निकालियो । खड्की भन्छन्, 'बाहिर निस्कदा पुरै अचेत जस्तो थिइन् उनी । किन ढिला गरेको भनेर सोध्दा मलाई थाहा नै भएन भन्ने जवाफ दिएकी थिइन् ।' 

कुराकानीको क्रममा रिता अनलाइन यौन दुर्व्यवहारमा परेको थाहा भयो । केही समयअघिदेखि उनी युवकसँग कुराकानी गर्ने गरेको अनुसन्धानमा खुलेको छ । इन्स्टाग्राम अकाउन्टमा आफ्नो सही परिचय राखेका युवकले फेसबुक आइडी भने विदेशी नामको बनाएका थिए। महिना महिनामा आइडी परिवर्तन गर्थे । प्रहरीका अनुसार युवकले इन्स्टाग्रामबाट नाबालिकाहरुसँग कुराकानी गर्थे । फोटा आदानप्रदान हुन थालेपछि उनले उक्त फोटोको टाउको अन्य व्यक्तिको नग्न फोटोमा जोडेर बालिकाहरुलाई पठाउने गर्थे । उक्त फोटो सार्वजनिक गरिदिने धम्की दिंदै बालिकालाई उस्तै प्रकारको नग्न फोटो र भिडियो खिचेर पठाउन दबाब दिन्थे । 

अनुसन्धानका क्रममा ती युवकले अन्य बालिकालाई पनि तेस्तै हर्कत गर्दै म्यासेज पठाउने गरेको खुलेको छ । रिताकै कक्षामा पढ्ने अन्य ३ जना बालिकालाई  पनि उसले त्यस्तै फोटो पठाएको बुझिएको छ । अन्य बालिकाले युवकको धम्कीलाई टेरेनन् । उक्त आइडी नै ब्लक गरिदिए । तर मानसिक रुपमा हतोत्साहित भएकी रिताले आफ्नो नग्न फोटो र भिडियो युवकलाई पठाइन् । त्यसपछि उसले रितालाई स्कुल बंक गरेर भेट्न आउन दवाव दिन थाले । युवकले दवाव दिन थालेपछि नाबालिका मानसिक रुपमा विच्छिप्त हुन थालिन् । साथीहरुको सहयोगमा उनको आमासँग घटनाको बारेमा बताएपछि यो घटना साइबर व्युरो समक्ष आएको थियो । 

व्युरोका इन्सपेक्टर राजकुमार खड्गीका अनुसार व्युरोले यस घटनाको अनुसन्धान सुरु गरेको छ । यही जेठ १ गते राती उक्त युवक बस्ने होस्टलमा प्रहरीले छापा हानेको थियो । उक्त होस्टलमा उनीसहित २८ जना युवक बस्ने रहेछन् । घट्टेकुलोमा रहेको उक्त होस्टलमा उनी बस्ने कोठामा प्रहरीले प्रवेश गर्दा सुरुमा उनले आफूले उक्त कार्य नगरेको बताएका थिए । अनुसन्धानको क्रममा युवकले अन्य बालिकालाई पनि उस्तै हर्कत गरेर दुख दिने गरेको खुलेको छ । उनको ल्यापटपमा विभिन्न बालिकाहरुको नग्न फोटो र भिडियो फेला परेको छ । 

साइबर व्युरो प्रमुख एसएसपी नविन्द्र अर्यालका अनुसार बालबालिकालाई मोबाइल दिएपछि अप्रत्यक्ष रुपमा निगरानी गर्नुपर्ने हुन्छ । उनी भन्छन्, ‘१८ वर्ष पनि नपुगेको युवकको यस्तो हर्कत सुन्दा पत्याउनै नसकिने छ । युवकले ५ महिनामा ४ वटा फेसबुक अकाउन्ट बनाएको र यस्ता भिडियो फेला परेपछि फेसबुक अकाउन्ट डिलिट गर्ने गरेको अनुसन्धानमा खुलेको छ ।’ 

बालबालकिालाई सामाजिक सञ्जालमा पहुँच दिंदा निकै विचार गर्नुपर्ने अर्यालले बताए । उनी भन्छन्, 'आवश्यक पर्दा बाहेक अन्य समयमा सकभर सामाजिक सञ्जाल प्रयोग गर्न दिनु हानिकारक हुन्छ । बच्चा सानै छन् भनेर बेवास्ता गर्दा उनीहरुले सामाजिक सञ्जालमा कहाँ के गरिरहेका छन् थाहा नहुन सक्छ ।  सबैले साइबर अपराधको विषयमा जान्न आवश्यक छ । अप्रत्यक्ष रुपमा बालबालिकाको सामाजिक सञ्जालमा निगरानी बढाउन उनले सुझाए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.