गौशाला नगरपालिकामा शैक्षिक सुधारको प्रयास, पहिलो चरणमा ९९ शिक्षकको सरुवा

गौशाला नगरपालिकामा शैक्षिक सुधारको प्रयास, पहिलो चरणमा ९९ शिक्षकको सरुवा
सुन्नुहोस्

नगरपालिकाको कार्यालयका अनुसार शिक्षामा पुर्नताजगी र गुणस्तरीयता प्रदान गर्नका लागि शिक्षक सरुवा गरेको जनाएको छ । नगरपालिकाभरिमा हुने शिक्षक सरुवा प्रक्रिया अब नियमित रुपमा हुने शिक्षा शाखा स्रोतले जनाएको छ ।

महोत्तरी : गौशाला नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई सरुवा गरेको छ । पहिलो चरणमा एकसाथ ९९ जना शिक्षकलाई सरुवा गरेको हो । 

नगरपालिकाको कार्यालयका अनुसार शिक्षामा पुर्नताजगी र गुणस्तरीयता प्रदान गर्नका लागि शिक्षक सरुवा गरेको जनाएको छ । नगरपालिकाभरिमा हुने शिक्षक सरुवा प्रक्रिया अब नियमित रुपमा हुने शिक्षा शाखा स्रोतले जनाएको छ । 

शिक्षक प्रत्यक्ष रुपमा राजनीतिमा उत्रिएपछि क्रमिक रुपमा यहाँका शैक्षिकस्तर कमजोर हुँदै गएकोले नगरपालिकाले सरुवा गरेको नगरप्रमुख डा. दिपेन्द्र महतोले जानकारी दिए। वर्षौंदेखि यहाँ शिक्षक सरुवा नहुँदा सामु्दायिक विद्यालयको पठनपाठन प्रभावित हुँदै आएपछि विषयगत मिलान गर्दै नगरभरिमा सरुवा गरिएको नगरप्रमुख डा. महतोले जनाएको छ । 

यहाँका सामुदायिक विद्यालयमा अपुग रहेको दक्ष जनशक्तिलाई पुर्ति गर्न अगामी दिनमा नगरले शिक्षक भर्ना गरी शैक्षिकस्तर सुधार्ने नगरपालिकाको कार्यालयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.