उखुको रकम भुक्तानी नगरेको भन्दै माइतीघरमा धर्ना

उखुको रकम भुक्तानी नगरेको भन्दै माइतीघरमा धर्ना
सुन्नुहोस्

आर्थिक वर्ष २०७१/७२ मा सरकारले २५ प्रति क्विन्टल अनुदान उखु किसानलाई दिने निर्णय गरे पनि हालसम्म नपाएको भन्दै अनुदान रकम अविलम्व असुल उपर गराइ कारवाही गर्न माग गर्दै उनीहरुले धर्ना दिएका हुन् ।

कपिलवस्तु : उद्योगीले उखु किसानको रकम भुक्तानी नगरेको भन्दै कपिलवस्तु किसान संघ तथा उखु किसान संघर्ष समितिले बिहीबार काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् । 

आर्थिक वर्ष २०७१/७२ मा सरकारले २५ प्रति क्विन्टल अनुदान उखु किसानलाई दिने निर्णय गरे पनि हालसम्म नपाएको भन्दै अनुदान रकम अविलम्व असुल उपर गराइ कारवाही गर्न माग गर्दै उनीहरुले धर्ना दिएका हुन् ।

nullत्यस्तै उद्योगले लामो समयदेखि किसानको रकम भुक्तानी नगरेको उनीहरुको गुनासो छ । उनीहरुले सबै उखु किसानलाई अनुदानको व्यवस्था गर्नुपर्ने, कृषि उपजको सरकारले निर्धारण गरेको न्युनतम समर्थन मुल्य अनिवार्य रुपमा पाउने व्यवस्था मिलाउनुपर्ने माग गरेका थिए ।

त्यस्तै समितिले ट्याक्टर खरिद गर्दा सहुलियत दरमा भन्सार गराइ कृषकले स्वयं ल्याउन पाउने गरी व्यवस्था मिलाउन पनि माग गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.