बेलायती पर्वतारोही कुल बने सर्वाधिक सगरमाथा आरोहण गर्ने गैर नेपाली

बेलायती पर्वतारोही कुल बने सर्वाधिक सगरमाथा आरोहण गर्ने गैर नेपाली
सुन्नुहोस्

कुल आफ्ना लोकल गाइड दोर्जे ग्येल्जेन शेर्पा र रिचार्ड वाल्करसँगै चुचुरोमा पुगेको सीएनएनले उल्लेख गरेको छ। उनीहरूले सगरमाथा र माउन्ट केटू पनिसँगै आरोहण गरेका थिए।

काठमाडौं : बेलायती पर्वतारोही केन्टोन कुलले सर्वोच्च शिखर सगरमाथा सबैभन्दा धेरै पटक आरोहण गर्ने गैर नेपालीको कीर्तिमान बनाएका छन्। कुलले १७औं पटक सगरमाथा आरोहण गरेका छन्।

कुल आफ्ना लोकल गाइड दोर्जे ग्येल्जेन शेर्पा र रिचार्ड वाल्करसँगै चुचुरोमा पुगेको सीएनएनले उल्लेख गरेको छ। उनीहरूले सगरमाथा र माउन्ट केटू पनिसँगै आरोहण गरेका थिए।

उनीसँगै सर्वोच्च शिखरको चुचुरोमा पुगेका वाल्कर युकेको आइसल्यान्ड ग्रोसरी चेन स्टोरका कार्यकारी अध्यक्ष हुन्।

उनीहरू नेपाली समयअनुसार आज विहान ६ : १५ बजे सर्वोच्च शिखर आरोहण गरेका थिए। उनीहरू अहिले क्याम्प–४ मा विश्राम गरिरहेको र केही समयपछि त्यहाँबाट फर्किने पनि सीएनएनले बताएको छ।

प्रायः मे महिनामा सर्वाधिक आरोहण हुने सगरमाथामा यो साता उल्लेख्य कीर्तिमान बनेका छन्। सोमबार पासाङ दावा शेर्पाले कामिरिता शेर्पा समान २६औं पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बराबरी गरेका थिए।

तर, कामिरिताले दुई दिनपछि पुनः सगरमाथा आरोहण गरेपछि त्यो पासाङ दावाले बराबरी गरेका कीर्तिमान लामो समय टिकेन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.