गौर हत्याकाण्डदेखि दरबार हत्याकाण्डको नयाँ शीराबाट छानबिन हुनुपर्छ : प्रधानमन्त्री

गौर हत्याकाण्डदेखि दरबार हत्याकाण्डको नयाँ शीराबाट छानबिन हुनुपर्छ : प्रधानमन्त्री
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विगतमा भएका सबै विभत्स र भयानक हत्याकाण्डहरूको नयाँ शीराबाट छानबिन हुनुपर्ने बताएका छन्। बिहीबार संसद बैठकम स्वतन्त्र सांसद प्रभु साहले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गौरहत्याकाण्डदेखि दरबार हत्याकाण्डको नयाँ शीराबाट छानबिन हुनुपर्ने बताएका हुन्।

उनले भने,'म चाही के पक्षमा छु भने विगतमा भएका सबै विभत्स र  भयानक हत्याकाण्डहरूको नयाँ शीरबाट छानबिन हुनुपर्छ। चाहे त्यो गौरहत्याकाण्ड केस होस् चाहे त्यो भयानक दरबार हत्याकाण्ड होस्।'

ती हत्याकाण्डहरू बिर्साउने कोशिस भइरहेको भन्दै  प्रधानमन्त्री प्रचण्डले त्यसमा सबै गम्भीर हुनुपर्ने बताए।  

प्रधानमन्त्री प्रचण्डले मदन आश्रितको बारेमा नयाँ शीराबाट छानबिन हुनुपर्ने बताए। त्यसका लागि सबैजना एकजुट भइ गम्भीर विचारविमर्श आवश्यक रहेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.