धर्मदर्शन सार्वजनिक

धर्मदर्शन सार्वजनिक
सुन्नुहोस्

कमल रिजालको चौधौं पुस्तक ‘धर्मदर्शन’ प्रकाशित भएको छ। प्रयोगात्मक शैलीको उक्त पुस्तक साझा प्रकाशनले बजारमा ल्याएको हो। पुस्तक स्वास्थ्य दर्शन, स्वभाव दर्शन र स्वधर्म दर्शन गरी तीन खण्डमा विभाजित छ।

धर्मदर्शनले दुःखको कारण पत्ता लगाई सरल ढंगले समाधान गर्ने तरिका सिकाउन खोजेको छ। सञ्चारकर्मी लेखक रिजालका अनुसार स्थूल, सूक्ष्म र कारण गरी मानव शरीर तीन किसिमको हुन्छ। 

तिनमा लाग्ने रोग पनि तीन किसिमकै हुन्छ, जसलाई व्याधि, आधि र अविद्या भनिन्छ। त्यस्तै उपचार पनि तीन किसिमकै हुन्छन्, जसलाई आसन, प्राणायाम र ध्यान भनिन्छ।

स्थूल शरीर भनेको हाडमासुले बनेको शरीर हो। यसमा लाग्ने रोगलाई व्याधी भनिन्छ। जसमा कफ, वात, पित्तजन्य समस्या पर्छन्। आसन यसको अचुक उपचार हो। सूक्ष्म शरीर भनेको दस इन्द्रिय र अन्तःस्करण चतुष्टयको संयुक्तावस्था हो। 
यसमा लाग्ने रोगलाई आधि भनिन्छ, जसमा हर्ष, शोक, डर, त्रास, आत्मग्लानी, मनोविसाद, प्राकृतिक प्रकोप आदि पर्छन्। यसको उपचारमा प्राणायाम रामबाण मानिएको छ।

कारण शरीर हो। जसको सूक्ष्म शरीरले खडा गर्ने वासनाको संसार हो। यसमा लाग्ने रोगलाई अविद्या भनिन्छ। यसको उपचार भनेको ध्यान हो। पुस्तकले यिनै कुराहरूको दिग्दर्शन गर्दै मानिसले आफूलाई कसरी स्वस्थ र निरोगी राख्न सक्छ भन्ने कुरा प्रष्ट्याउन खोजेको छ। 

स्वभावदर्शन खण्डमा जीवनमा आइपर्ने दुःखको कारण पत्ता लगाउने प्रयास भएको छ भने स्वधर्मदर्शन खण्डमा दुःख निवृत्तिको आधार केलाउन खोजिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.