ह्वावे क्लाउडले ल्यायो साझेदारहरूका लागि नयाँ  फ्रेमवर्क

ह्वावे क्लाउडले ल्यायो साझेदारहरूका लागि नयाँ  फ्रेमवर्क
सुन्नुहोस्

काठमाडौं : विश्वको अग्रणी प्रविधि कम्पनी ह्वावेले उपत्यकामा एक कार्यक्रम आयोजना गरी आफ्ना साझेदारहरूबीच सन् २०२३ का लागि नयाँ क्लाउड पार्टनर प्याकेज सार्वजनिक गरेको छ। 

ह्वावेका डेभलपमेन्ट पार्टनर जितेन्द्रकुमार शर्माले सञ्चालन गरेको सो कार्यक्रममा नेपालका ह्वावे क्लाउड पार्टनरहरू प्रिक्सा टेक्नोलोजी, जेनेस सोलुसन्स, क्लाउड वर्ल्ड सोलुसन्स, टेलिनेट र एडेक्सको सहभागिता रहेको थियो।

गो क्लाउड र ग्रो क्लाउड  फ्रेमवर्कले  पुनर्बिक्रेता, वितरक, सेवा प्रदायक र हार्डवेयर साझेदारहरूलाई प्रोत्साहन र लगानीका अवसरहरूको दायरा फराकिलो पारेको छ।  

ह्वावेको ग्रो क्लाउड योजनामा स्टयानडर्ड, एडभान्स्ड, प्रिमियम र स्ट्र्याटेजिक गरी चारवटा प्याकेजहरू रहेको छ। प्रत्येक प्याकेजमा विभिन्न इन्सेनटिभहरू जस्तै: त्रैमासिक र वार्षिक वृद्धि लाभहरू र ह्वावेको एडभान्स्ड क्लाउड सर्भिसको बिक्रीमा विशेष लाभको योजनाहरू पनि ल्याएको छ। 

नयाँ प्याकेजले मार्केटिङ डेभलपमेन्ट फण्ड, ह्वावे क्लाउड प्रयोग गरे वापत नगद कुपन र साझेदारका कर्मचारीहरूलाई बिक्री विस्तार गर्नका लागि प्रोत्साहन कार्यक्रम सहित पाँच थप फाइदाहरू पनि प्रदान गर्नेछ।

यस प्याकेजको प्रमुख प्राथमिकता साझेदारहरूको व्यवसायलाई सफल हुन आवश्यक उपकरण र स्रोतहरू उपलब्ध गराएर प्रोत्साहन गर्नु हो। 

कार्यक्रमका मुख्य फाइदाहरूमध्ये एक क्षमता विकास र प्रमाणीकरण हो  जसले साझेदारहरूलाई ह्वावेद्वारा उपलब्ध गराइएका निःशुल्क प्राविधिक कोर्सहरू र प्रमाणपत्रहरूमार्फत आफ्नो सिप र विशेषज्ञता विकास गर्ने अवसर दिन्छ।

ह्वावेकोको गो क्लाउड सर्भिस नयाँ प्याकेजको अर्को महत्वपूर्ण पक्ष हो। यस प्याकेजले क्लाउड रिसेल, कन्सल्टिङ, क्लाउड माइग्रेसन र कार्यान्वयन, एप्लिकेसन रि आर्किटेक्टर क्लाउड नेटिभ डेभलपमेन्ट र व्यवस्थापन जस्ता सेवाहरूमार्फत व्यावसायिक क्लाउड सेवाहरू निर्माण गर्न सेवा साझेदारहरूलाई सहयोग गर्दछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.