ए डिभिजन लिग मछिन्द्र र फ्रेन्ड्सको बराबरी

ए डिभिजन लिग मछिन्द्र र फ्रेन्ड्सको बराबरी
सुन्नुहोस्

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार फ्रेन्ड्स क्लब र मछिन्द्र क्लबले २–२ गोलको बराबरी खेलेका छन्। दशरथ रंगशालामा भएको खेलको पहिलो हाफ गोलविहीन बराबरीमा सकिएको थियो।

दोसो हाफमा रोमाञ्चक बनेको खेलमा गोल वर्षा नै भयो। प्रकाश बुढाथोकीले ६८औं मिनेटमा गोल गरेसँगै फ्रेन्ड्सले अग्रता लिएको थियो।

त्यसको तीन मिनेट नबित्दै ओलावालो अफिजले गरेको गोलसँगै मछिन्द्रले बराबरी गर्‍यो। 

रफिक अमिनुले ७९औं मिनेटमा गोल गदैै पुनः फ्रेन्ड्लाई अग्रता दिलाए। तर, त्यसको चार मिनेट नबित्दै आफिजले व्यक्तिगत दोस्रो गोल गर्दै साविक विजेतालाई हारबाट जोगाए।

आजको खेलमा दुई गोल गरेका आफिज जारी लिगका सर्वाधिक गोलकर्ता बनेका छन्। उनले १५ खेलमा १४ गोल गरिसकेका छन्। यस्तै, दोस्रो स्थानमा खुमलटार एफसीका मेसुके ओलोमोउ छन्। उनले १७ खेलमा १३ गोल गरेका छन्।

बराबरीसँगै मछिन्द्रले लिग लिडरसँग अंक बराबरी गर्ने मौका गुमाएको छ। मछिन्द्र १९ खेलबाट ३१ अंक जोडेर तेस्रो स्थानमा छ। शीर्ष स्थानको १८ खेलबाट चर्च ब्वाइज युनाइटेडको ३३  अंक छ। दोस्रो स्थानको जावलाखेलको पनि समान खेलबाट ३१ अंक नै छ।

फ्रेन्ड्स १९ खेलबाट २१ अंक जोडेर १३औं स्थानमा छ। आजको खेलमा दुई पटक लिएको अग्रता जोगाउन नसक्दा फ्रेन्ड्सले रेलिगेसन क्षेत्रबाट माथि उक्लिने मौका गुमाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.