खप्तड शैलेश्वरी हाई अल्टिच्युड म्याराथन प्रतियोगिता हुने

खप्तड शैलेश्वरी हाई अल्टिच्युड म्याराथन प्रतियोगिता हुने

डोटी : पर्यटकीय क्षेत्र खप्तडदेखि प्रसिद्ध धार्मिक स्थल शैलेश्वरी मन्दिरसम्म हाई अल्टिच्युड म्याराथन प्रतियोगिता दोस्रो संस्करण हुने भएको छ।

जेठ १६ गते खप्तड क्षेत्रमा लाग्ने गंगा दशहरा मेलाको अवसरमा १२ गतेदेखि १७ गतेसम्म हाई अल्टिच्युड म्याराथन प्रतियोगिता लगायत भलिबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता र देउडा प्रतियोगिताको आयोजना गरिने भएको हो।

तीन हजार तीन सयको उचाईबाट प्रतियोगिता हुने भएकाले हाई अल्टिच्युड भनिएको आयोजकले जानकारी दिएको छ। म्याराथन प्रतियोगितामा कम्तीमा ४२.५ किलोमिटर दूरी हुनपर्ने नियम भएकाले सोही अनुसारको दूरीमा प्रतियोगिता गराइने आयोजकले जानकारी दिएको छ। खप्तडको प्रबेशद्वार झिग्रानादेखि शैलेश्वरीसम्म महिलाहरूका लागि हाफ म्याराथन समेत हुने भएको हो।

डोटी उद्योग वाणिज्य संघ तथा सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा हुन लागेको प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन श्री नम्बर ५ बाहिनी अड्डा, श्री भैरव प्रसाद गण सिलगढी र सिंह शार्दुल गुल्म खप्तड ब्यारेकले गर्ने भएका छन्। 

म्याराथन प्रतियोगिता जेठ १७ गते बिहान ६ बजेदेखि खप्तड क्षेत्र हुँदै शैलेश्वरीसम्म तथा सोही समयमा झिग्रानादेखि शैलेश्वरीसम्म महिला हाफ म्याराथन सञ्चालन हुने भएको हो। पुरुष भलिबल प्रतियोगिता जेठ १३ गतेदेखि १६ गतेसम्म खप्तड क्षेत्रमै सञ्चालन गरिने भएको छ। 

गोडा दौड प्रतियोगिता जेठ १५ गते हुने भएको छ भने देउडा प्रतियोगिता १६ गते राती हुने भएको डोटी उद्योग वाणिज्य संघका महासचिव दीपक बहादुर खड्काले जानकारी दिए।

अनुमानित खर्च २६ लाख आठ हजार पाँच सयमा हुन लागिएका प्रतियोगिताको लागि आर्थिक सहयोग डोटीका सम्पूर्ण स्थानीय तह तथा खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले गर्ने बताएका छन्।

प्रतियोगिताको अवधिमा कम्तीमा ३ सय खेलाडी, १० हजारभन्दा बढीको संख्यामा धार्मिक तथा खेलप्रेमी पर्यटकहरूको खप्तड क्षेत्रमा भ्रमण तथा अवलोकन गराइने लक्ष्य लिएको उद्योग वाणिज्य संघका अध्यक्ष मोहन कलेलले बताए।

खुला प्रतियोगिता भएकाले म्याराथनमा प्रतियोगितामा सुदूरपश्चिम भित्रमा प्रत्येक जिल्लाबाट खेलाडीहरू भाग लिने र ७ देखि १० जनाजति बिदेशी खेलाडीसमेत आउने निश्चित भएको श्री भैब प्रसाद गण सिलगढीका गणपति जनमत कार्कीले जानकारी दिए। प्रतियोगिताको हिसाबमा हाई अल्टिच्युड म्याराथन प्रतियोगिता नेपालमै पहिलो प्रतियोगिता रहेको कार्कीले बताए।

म्याराथन प्रतियोगितामा प्रथम हुनेलाई एक लाख २५ हजार नगद पुरस्कार दिइने भएको छ। द्वितीयलाई ८० हजार नगद तथा तृतीय हुनेलाई ५० हजार दिने बताइएको छ भने सान्त्वना हुने ७ जनालाई क्रमशः १०, ९, ८, ७, ६, ५ र ४ हजार नगद पुरस्कार दिइने आयोजकले जानकारी दिएको छ।

त्यसैगरी हाफ म्याराथन (महिला) मा प्रथम हुनेलाई ५० हजार नगद, द्वितीय हुनेलाई ३० हजार, तृतीय हुनेलाई २० हजार नगद पुरस्कार दिइने छ। सान्त्वना हुने २ जनालाई ५ हजार र २ हजार दिइने बताइएको छ।

पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार नगद ५० हजार, द्वितीय ३० हजार र तृतीय २० हजार नगद रहेको छ। त्यसैगरी घोडा दौड प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १० हजार नगद पुरस्कार दिइने भएको छ भने देउडामा प्रथम हुने एक जनालाई एक लाख नगद पुरस्कार दिइने जानकारी दिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.