औलो रोगको उच्च जोखिममा वीरगन्ज महानगर

औलो रोगको उच्च जोखिममा वीरगन्ज महानगर
वीरगन्जमा स्वास्थ्य कार्यालय पर्साले आयोजना गरेको औलो रोग नियन्त्रणबारे सरोकारवाला निकायसँगको समन्वय बैठकमा सहभागी । तस्बिर :  क्रान्ति शाह
सुन्नुहोस्

वीरगन्ज : पर्साको १४ पालिकामामध्ये वीरगन्ज महानगरपालिका औलो रोगको सबैभन्दा बढि जोखिममा रहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।  औलो रोग नियन्त्रणबारे सरोकारवाला निकायसँगको समन्वय बैठकमा स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले यस्तो बताएका हुन् । 

बैठकमा बोल्दै जनस्वास्थ्य अधिकृत ठाकुरले वीरगन्ज महानगरपालिका ,जिल्लाका अन्य १३ पालिका बढि जोखिममा रहेको बताए ।  जिल्लाको सदमुकाम समेत रहेको वीरगन्ज ,देशकै एक प्रमुख सहर पनि भएकाले यहाँ छिमेकी मुलुक भारत तथा देशका अन्य जिल्लाबाट मानिसको आवागमन पनि बढि हुने भएका कारण बढि जोखिममा रहेको उनको भनाइ छ।

यसका साथै वीरगन्ज महानगरका अधिकांश नाला र ढल जाम हुँदा पानीको बहाव नहुने गरेकोले त्यसले लामखुट्टेका लागि वातावरण थप अनुकूल बनाएकाले औलोको जोखिम उच्च भएको ठाकुरले बताए । ठाकुरले भने,‘जहाँको नाला र ढलमा जाम भएर पानी जम्छ त्यहा लामखुट्टे झन धेरै फस्टाउँछ ,लामखुट्टे जहाँ बढि हुन्छ त्यहाँ औलोको जोखिम स्वत उच्च हुन्छ ,वीरगन्जको अवस्था यहि छ ।'

 
बैठकमा ठाकुरले पर्सामा आर्थिक वर्ष २०७९/०८० मा औलोको एकजना मात्र बिरामी भेटिएको जानकारी पनि गराए । आर्थिक वर्ष २०७९/०८० मा ३ हजार ६६५ जनाको रगत परीक्षण गर्दा १ जनामा मात्र औलो रोग भेटिएको र ती व्याक्ति पनि भारतबाट घर फर्किएका रहेको उनले बताए । 

उनका अनुसार ,त्यसअघि आर्थिक वर्ष २०७८/७९ मा भने पर्सामा ३ हजार ६३० जनाको परीक्षण गर्दा औंलोका ३ जना बिरामी भेटिएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार ४६६ जनाको परीक्षण गर्दा एक जना पनि औलो रोगी नभेटिएको ठाकुरले बताए । 

नेपाललाई सन् २०२५ सम्म औलो बिरामीको संख्या शून्यमा झार्ने लक्ष्यका साथ राष्ट्रिय औलो निवारण कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराउँदै ठाकुरले मधेस प्रदेशमा भने चालु आर्थिक वर्षमा भने औलोका ४४ जना बिरामी मात्र भेटिएको जानकारी गराए । 

मधेस प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा बढि सर्लाहीमा २३ जना ,धनुषामा १० जना ,रौतहट र महोतरीमा ३/३ जना ,सिराहामा २ जना तथा पर्सा, बारा र सप्तरीमा १/१ जना औंलोका बिरामी भेटिएको ठाकुरले बताए ।

कार्यक्रममा सहभागी नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डाक्टर उदयनारायण सिंहले वीरगन्ज महानगर बढि जोखिममा भएकाले यसलाई मध्यनजर गरि महानगरपालिकाको कार्यालयले नाला ढलसहित सहरको सरफाइमा विशेष ध्यानदिनु पर्ने सुझाव दिए । 

स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साहको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको प्रमुख आतिथ्यतामा भएको समन्वय बैठकमा वीरगन्ज महानगरपालिकाको सरसाइ महाशाखाका प्रमुख सरफुदिन मियाँका साथै वीरगन्ज महानगरपालिकाका स्वास्थ्यकर्मी ,नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा ,सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष ,सुरक्षाकर्मीलगायतको सहभागिता थियो ।  


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.