‘म्यान्मारका आठ लाख आँधीपीडितलाई आपत्कालीन सहयोग आवश्यक’

‘म्यान्मारका आठ लाख आँधीपीडितलाई आपत्कालीन सहयोग आवश्यक’
फाइल तस्बिर।
सुन्नुहोस्

उनले तत्काल आठ लाख म्यान्माका जनतालाई मानवीय सहायता आवश्यक परेको भन्दै सहायताका निम्ति अन्तरराष्ट्रिय समुदायसमक्ष अपिल गरेकी छन् ।

म्यानमार : द्वन्द्वग्रस्त म्यान्मामा यो साताको प्रारम्भमा आएको मोचा आँधीबाट ठूलो जनसङ्ख्या प्रभावित भएको छ । म्यान्माका आठ लाखभन्दा बढी नागरिकलाई आपत्कालीन खाद्यान्नका साथै अन्य मानवीय सहायता आवश्यकत परेको संयुक्त राष्ट्रसङ्घले बताएको छ । 

एशिया–प्रशान्त क्षेत्रका लागि राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)का उपक्षेत्रीय निर्देशक एन्थिया वेबले शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा म्यान्मारको रखाइन राज्य आँधीबाट तहसनहस भएको, अधिकांश घरका छाना उडेका, रुखविरुवा जरैसँग उखेलिएका, सडक, विद्यालय, अस्पताल, दूरसञ्चाल तथा बिजुलीका लाइन ध्वस्त भएका बताइन् । 

उनले तत्काल आठ लाख म्यान्माका जनतालाई मानवीय सहायता आवश्यक परेको भन्दै सहायताका निम्ति अन्तरराष्ट्रिय समुदायसमक्ष अपिल गरेकी छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.