गोरखाका युक्त गुरुङ सातौंपटक सगरमाथा शिखरमा

गोरखाका युक्त गुरुङ सातौंपटक सगरमाथा शिखरमा
सगरमाथा शिखरमाथि सातौंपटक सफलतापछि रमाउँदै लाप्राकका युक्त गुरुङ र लाप्राकका कान्छा आरोही सन्दीप गुरुङ।
सुन्नुहोस्

गोरखा, लाप्राकका ३४ वर्षीय युक्त गुरुङ गत मंगलबार सगरमाथाको सफल आरोहण गरेर फर्किए। इलिट एक्सपेड कम्पनीमार्फत राती १२ बजे आरोहणमा गएका उनले ८,८४८ मिटर अग्लो शिखर बिहान आठ बजे चुमेका थिए।

गोरखा : कामिरीता शेर्पाले २७ औँ पटक सगरमाथा आरोहण गरेर सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्नेको नयाँ रेकर्ड कायम गरेका छन्। गैरशेर्पा समुदायमध्ये गोरखाका युक्त गुरुङले पनि सात पटक सगरमाथा आरोहणको रेकर्ड कायम गरेका छन्।

गोरखा, लाप्राकका ३४ वर्षीय युक्त गुरुङ गत मंगलबार सगरमाथाको सफल आरोहण गरेर फर्किए। इलिट एक्सपेड कम्पनीमार्फत राती १२ बजे आरोहणमा गएका उनले ८,८४८ मिटर अग्लो शिखर बिहान आठ बजे चुमेका थिए।

साथै यस वर्ष २४ घण्टाको अन्तरालमा आठहजारभन्दा अग्ला दुई हिमाल आरोहण गरेका छन्। मंगलबार सगरमाथा आरोहण गरेका उनले बुधबारै ८,५१६ मिटर अग्लो ल्होत्सेको सफल आरोहण गरेका हुन्। केही दिनमा ८,५८६ मिटर अग्लो कञ्चनजंगाको आरोहण गर्ने तयारी गर्दै छन्।

आरोहीहरुको गाउँ भनेर चिनिने गोरखा लाप्राकका युक्त गुरुङ सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गर्ने गोरखाका पहिलो आरोही बनेका छन्। यसअघि सन् २०११ मा २२ वर्षको उमेरमा उनले पहिलो पटक सगरमाथा आरोहण गरेका थिए। त्यसपछि २०१७ मा, २०१८ मा, २०१९ मा, २०२२ मा र २०२३ मा सफल आरोहण गरेका हुन्। सन् २०२२ को मे १५ र १७ मा दुईपटक आरोहण गरेका थिए।

यसअघि उनले आठहजार मिटरभन्दा अग्ला छ वटा हिमाल आरोहण गरिसकेका छन्। गोरखास्थित ८,१६३ मिटर अग्लो मनास्लु चारपटक आरोहण गरिसकेका छन्। त्यस्तै अन्नपूर्ण प्रथम, पाकिस्तानस्थित माउण्ड केटु र ब्रोडपिक आरोहण गरेका हुन्।

१७ वर्षको उमेरदेखि पर्वतारोहण क्षेत्रमा लागेका उनको भविष्य पनि पर्वतारोहण कर्ममै बिताउने लक्ष्य छ। 

लाप्राकका आठजनाद्वारा सगरमाथा आरोहण, यस वर्ष मात्रै चारजना 

आरोहीको गाउँ भनेर चिनिने गोरखा लाप्राकका आठ जनाले सगरमाथा आरोहण गरेका छन्। उनीहरुमध्ये चार जनाले यसपटक आरोहण गरेका हुन्।

लाप्राकबाट प्रतिनिधित्व गरी पहिलोपटक इमानसिँह गुरुङले सगरमाथा आरोहण गरेपछि लाप्राकका युवाहरु पर्वतारोहणतर्फ आकर्षित भएका थिए। इमानसिँहले दुईपटक सगरमाथा आरोहण गरेका थिए।

इमानको सफलतापछि अहिलेसम्म तुल्सिङ गुरुङ(दुईपटक), मुलाल गुरुङ, युक्त गुरुङ(सातौँपटक), सुमन गुरुङ, इमान गुरुङ, सन्दीप गुरुङ र बिसबहादुर गुरुङले सगरमाथा आरोहणमा सफलता हाँसिल गरेका हुन्। 

शेर्पा तथा गाइडमा अत्याधिक काम गर्ने खुम्बु क्षेत्रका बासिन्दाबाहेक सगरमाथा धेरै जनाले आरोहण गर्ने नेपालका अन्य गाउँमामध्य लाप्राक पर्छ।

नेपालकै पहिलो अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सुनार गुरुङ पनि लाप्राककै हुन्। स्वर्गीय इमान गुरुङको सगरमाथा सफल आरोण र पर्यटन व्यवसायमा सफलतापछि  लाप्राकका धेरैजना पर्यटन व्यवसायमा आवद्ध छन् ।

लाप्राकका २५ वर्षीय सन्दीपद्वारा पहिलो पटक सगरमाथा आरोहण 

लाप्राकका २५ वर्षका सन्दीप गुरुङले २४ घण्टाको अन्तरालमा आठहजार भन्दा अग्ला दुई हिमाल आरोहण गरेका छन्। आरोहीहरुको गाउँ भनेर चिनिने लाप्राकका सन्दीपले गत मंगलबार ८,८४८ मिटर अग्लो सगरमाथा र बुधबार ८,५१६ मिटर अग्लो ल्होत्सेको सफल आरोहण गरेका हुन्।

२०१७ सालदेखि आरोहण गर्न सुरु गरेको भए पनि आठहजार मिटरभन्दा अग्लो मनास्लु हिमाल गत वर्ष आरोहण गरिसकेका छन्। सगरमाथा आरोहणका लागि गत वर्ष प्रयास गरेको भए पनि यसपटक पहिलोचोटी सफल आरोहण गरेको उनले बताए। दुबै हिमाल उनले इलिट एक्सपेड कम्पनीमार्फत आरोहण गरेका हुन्।

यसअघि उनले छ हजार मिटरभन्दा अग्ला अमादब्लम, हिमलुङलगायत ६ वटा हिमाल आरोहण गरिसकेको बताउँछन्। 
हिमाल आरोहणमै भविष्य देखेका उनले आउँदो जुन, जुलाईमा पाकिस्तानको केटु र ब्रोडपिक आरोहण गर्ने लक्ष्य राखेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.