चार महिनामै सीडीयोको सरुवा
सन्धिखर्क : अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी मीना अर्यालको चार महिनामै सरुवा भएको छ। अर्घाखाँचीमा पहिलो महिला प्रमुख जिल्ला अधिकारीको रुपमा आएकी अर्यालको गृह मन्त्रालयको मिति जेठ २ गतेको निर्णयबाट अध्यागमन कार्यालय गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवामा सरुवा भएको हो।
प्रजिअ अर्यालको बिदाई कार्यक्रममा अर्घाखाँची जिल्लामा ईतिहासमै पहिलो महिला प्रमुख जिल्ला अधिकारी मीना अर्यालको ४ महिने कार्यकाल सफल रहेको विभिन्न ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरुले बताएका थिए।
जिल्लामा ट्रेड युनियनले संचालन गरेको सेवाग्राहीको अभिवादन कार्यक्रमलाई कार्यालय प्रमुखको बैठकबाट निर्णय गराई लागु गराएको कर्मचारीको आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष कृष्ण वर्माले बताए।
बिदाई कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अर्यालले यस जिल्लामा सबैबाट साथ, सहयोग र समन्वय भएकाले ४ महिले कार्यकाल सुखद रहेको भन्दै आभार व्यक्त गरिन्