मुक्तिनाथमा लेक लागेर एक जनाको मृत्यु

मुक्तिनाथमा लेक लागेर एक जनाको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

चितवन जिल्ला भरतपुर महानगर पालिका-१२ बशन्तचोक गुन्द्राङ बस्ने ५७ वर्षीय लक्ष्मीकान्त पुराजुलीको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

जोमसोम : मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथमा (हाइअल्टिच्युड)लेक लागेर शुक्रबार एक जना तीर्थालुको मृत्यु भएको छ। चितवन जिल्ला भरतपुर महानगर पालिका-१२ बशन्तचोक गुन्द्राङ बस्ने ५७ वर्षीय लक्ष्मीकान्त पुराजुलीको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

चितवनदेखि परिवारसहित ६ जनाको टोली जीप चढेर बुधबार मुस्ताङ आइपुगेका चन्द्रकान्त शुक्रबार बिहान मन्दिरको १०८ धारामा स्नान गर्ने क्रममा अचानक बेहोस भइ ढलेका थिए। बेहोस भइ ढलेका चन्द्रकान्तलाई तत्काल मुस्ताङ अस्पतालमा उपचार गर्न लगिएकोमा अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। अस्पतालले (हाईअल्टिच्युड) लेक लागेर मृत्यु भएको बताइएको छ। 

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक धर्म अधिकारीले लेक लागेर मृत्यु भएका व्यक्तिको शव परिवारजनलाई हस्तान्तरण भइसकेको र  शव चितवन घर लगेको जानकारी दिए। यसको अघिल्लो दिन बिहिबार भारत बैङ्लोरका ६७ वर्षीया महिला सौभाग्यवतीको लेक लागेर मृत्यु भएको थियो। उनी मुक्तिनाथको १०८ धारामा स्नान गर्ने क्रममा बेहोस भइ ढलेकी थिइन्।

योसँगै चालु आर्थिक वर्ष मुस्ताङमा (हाइअल्टिच्युड) अर्थात लेक लागेर मृत्यु हुनेको संख्या १२ पुगेको छ। जसमध्ये ८ जना भारतीय, २ जना तेस्रो मुलुकका पर्यटक र २ जना नेपाली छन्। मुस्ताङमा मंसिरदेखि यता १२ जनाको लेक लागेर मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए। 

उनका अनुसार  मंसिर महिनामा २ गते दुई जना विदेशी, चैत्र महिनामा महिनामा ८ जना भारतीय, वैशाख महिनामा १ जना भारतीय र १ जना नेपाली र  वैशाखको पहिलो हप्तामा २ भारतीय र १ जना नेपालीको लेक लागेर मृत्यु भएको हो। वैशाखको पहिलो हप्ता नबित्दै मुक्तिनाथ दर्शन गर्न आएका ३ जना तीर्थालुले हाइअल्टिच्युडका कारण ज्यान गुमाएका हुन्।

मुस्ताङ अस्प्ताल जोमसोमका एमडिजिपी डाक्टर मुखिया घलेले पछिल्लो समय लेक लागेर भारतीय पर्यटकको मृत्यु हुने क्रम बढेको बताए। उनका अनुसार कतिपय भारतीय पर्यटकले उच्चउचाइको भूगोलमा होल्डिङ नगरी आउने गरेको, स्वास्थ्य परीक्षण नगर्ने र दीर्घ रोग भएका भारतीय पर्यटकहरुले आवश्यक सजगता अपनाउन नसक्दा लेक लागेर स्वास्थ्य समस्या आउने गरेको बताए। मुस्ताङ आउने भारतीय पर्यटकलाई स्वास्थ्य सचेतना सम्बन्धी जानकारी दिन आवश्यक रहेको औल्याए।

मुक्तिनाथ मन्दिर परिसरभित्र गण्डकी प्रदेश सरकारको सहयोग र स्थानीय तहको समन्वयमा ६ महिना अघि ‘हाईअल्टिच्युड हेल्थ डेस्क’ स्थापना गरिएको थियो। त्यहाँ एक जना हेल्थ असिस्टेनसहित अक्सिजन र अल्टिच्युड सम्बन्धी स्वास्थ्य सामाग्रीको व्यवस्था रहेको वारागुङ-१ झारकोटका स्वास्थ्य चौकीका ईञ्चार्ज सुवास अधिकारीले जानकारी दिए। उनका अनुसार मुक्तिक्षेत्रको रानीपौवा बजारमा समुदाय स्तरमा अक्सिनसहितको स्वास्थ्य क्लिनिक सञ्चालनमा छ भने झारकोटमा स्वास्थ्य चौकी छ। 

स्वास्थ चौकीका इञ्चार्ज अधिकारीले अल्टिच्युडका बिरामीलाई आफन्त र साथीहरुले तत्काल हेल्थ डेस्कमा ल्याउन ढिलाइ गर्ने गर्दा उपचारमा समस्या आउने गरेको बताए। उनले बेसी स्थानबाट उच्चउचामा हतार हतार गरी दर्शन गर्न आउँदा बिरामीले तापक्रम मेन्टन गर्न नसक्ने अवस्था र सामुहिक रुपमा आउँदा बिरामीलाई उपचारमा यथोचित समन्वय हुन नसक्ने लगायतका कारणले आपत्कालीन उद्दारमा समस्या हुने गरेको बताए। उनले मुस्ताङ आउने पर्यटक तथा तीर्थालुलाई हाइअल्टिच्युड सम्बन्धी जनचेतनाको खाँचो रहेको उल्लेख गरे।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.