अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेस प्रदेश प्रथम

अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेस प्रदेश प्रथम

वीरगन्ज : बाराको निजगढमा आयोजित प्रथम गढीमाई अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेस प्रदेश प्रथम भएको छ। 

मधेस प्रदेशको पर्यटन र तेक्वान्दो खेलको विकासमा टेवा पुर्‍याउने उद्देश्यले जेठ ४ देखि सुरु भई शनिबार सकिएको प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ५ कास्य पदक सहित मधेस प्रदेश प्रथम भएको हो।

मधेस प्रदेशका लागि स्वर्ण पदक जित्नेहरूमा पुरुषतर्फ ४० केजी तौल समुहमा नदिम हुसेन, ४३ केजीमा सिद्धार्थ प्रजापति, ५४ किलोमा अफताब आलम, ६३ किलोमा प्रदिप तिवारी र निश्चज धामी तथा महिला तर्फ ४९ किलोमा मनिषा वाइबा रहेका छन्। 

प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र २  कास्य पदक सहित कोशी प्रदेश दोश्रो भएको छ। कोशी प्रदेशका लागि स्वर्ण पदक जित्नेहरूमा पुरुष तर्फ ५१ किलोमा शिव खड्का, महिलातर्फ ५७ किलोमा प्रज्ञा परियार, ६३ किलोमा अन्जीला खड्का र खुशी गौतम रहेका छन्।

प्रतियोगितामा लुम्बिनी प्रदेश ३ स्वर्ण, २ रजत र २ कास्य पदकसहित तेश्रो भएको छ। लुम्बिनीका लागि पुरुषतर्फ ४८ केजीमा जस्मीन चौधरी, ५८ केजीमा नवराज बस्नेत र महिला ४६ केजीमा रूपा बुढाथोकीले स्वर्ण पदक जितेका हुन्। यस्तै प्रतियोगितामा बंगलादेशले दुई स्वर्ण र दुई रजत पदक जितेर चौथो स्थान हासिल गरेको छ। 

नेपाल तेक्वान्दो संघ मधेस प्रदेशले आयोजना गरेको तीन दिने प्रतियोगितामा नेपालका ७ वटै प्रदेश सहित भारत र बंगलादेशका खेलाडीहरूले भाग लिएका थिए।

प्रतियोगिताको मुख्य निर्णायकमा राष्ट्रिय खेलकुद परिषद (राखेप)का तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक टार्जन सुब्बा तथा निर्णायकहरूमा अन्तर्राष्ट्रिय निर्णायक रवीन्द्र मल्ल, नारायण बुढाथोकी, कुमार लामा घिसिङ, बब्लु शिवाकोटी, नविना बुढाथोकी मगर लगायत थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.