बसाइँसराइले गाउँको अहिलेको पुस्ता अन्तिम हुने डर भयोः मुख्यमन्त्री पाण्डे

बसाइँसराइले गाउँको अहिलेको पुस्ता अन्तिम हुने डर भयोः मुख्यमन्त्री पाण्डे

बागलुङ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बसाइँसराइको कारण पहाडी क्षेत्रमा बस्ने अहिलेको पुस्ता अन्तिम हुने हुन की भन्ने अवस्था आएको बताएका छन्। 

बागलुङ नगरपालिकाले आयोजना गरेको ‘हाम्रा ३६५ दिन, सम्मान तथा चियापान’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले गाउँमा विकास भई रहेपनि रोजगारीको लागि सहर प्रवेश गर्ने र विदेशिने क्रम बढेकोले दुरदराज र पहाडमा अहिले बसिरहेको पुस्ता कतै अन्तिम पुस्ता हुने अकल्पनीय परिस्थिति आउँछकी भन्ने डर भएको बताए। 

मुख्यमन्त्री पाण्डेले पूर्वाधारको पहिलो प्राथमिकता सडक रहेको भएपनि पहाडी मुलुकमा भुगोलको जटिलताले सहज नभएको बताए। ‘पूर्वाधारको कुरा गर्दा पहिलो प्राथमिकता सडक हो। तर, पहाडी मुलुक भुगोलको जटिलताको कारण सहज छैन,’ मुख्यमन्त्री पाण्डेले भने,‘सहज नभएपनि जनताको आकांक्षा र चाहनालाई हामीले पुरा गर्नुपर्छ। खानेपानी, शिक्षा, स्वास्थ्य, सिँचाइ, सडक यावत पूर्वाधारहरू हामीले निर्माण गर्नुपर्नेछ र गरिरहेका छौं। अझै क्रमशः पूरा हुँदै जाला।’

मुख्यमन्त्री पाण्डेले गाउँमा सडक, खानेपानी, विद्यालय, स्वास्थ्य चौकी निर्माण भई रहेपनि प्रयोग गर्ने नागरिकहरू पलायन भइरहेकाले उनीहरूलाई रोक्नु मुख्य चुनौती रहेको बताए। ‘सबैभन्दा टड्कालो अवस्था अहिले पहाडी जिल्लाहरूमा छ। 
हामीले बाटो त हामी बनाउँदै छौं। तर, त्यो बाटोमा गुड्ने र गुडेको बसमा चढ्ने मान्छेहरू कता पलायन हुँदैछन् ? खानेपानी त हामीले लैजादै छौं। त्यो खानेपानी लगेर बस्ने बस्तीहरू रित्तिरहेको छ। विद्यालय खोलेका छौं। पढ्ने विद्यार्थी छैनन्। स्वास्थ्य चौकी खोलेका छौं। उपचार गर्न जाने जनताहरू सहर केन्द्रित हुँदैछन्,’उनले भने,‘यो चुनौती सबैभन्दा ठूलो छ। बसाइँसराइको दर पहाडी जिल्लाहरूमा धेरै छ। युवाहरू कामको खोजीमा भौतारी रहेको र विदेशी रहेको अवस्था छ।’

मानव संशाधनलाई गाउँमै  कसरी रोक्न सकिन्छ भन्ने तर्फ सबैको गम्भीर ध्यान जानुपर्ने मुख्यमन्त्री पाण्डेको भनाई छ। उनले विदेशमा युवाहरूले कमाउने आम्दानी गाउँमै गर्न सकिने भावना राज्यले जगाउनुपर्ने बताए। उनले राज्यले लगानी गरेर आशा र भरोसा जगाउन सकेमात्रै रित्तिएका घर र बाँझो परेका जमिनहरू फेरी पुनर्स्थापित गर्न सकिने बताए। 

उनले प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सामूहिक खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइने बताए। 

सामूहिक रूपमा व्यावसायिक खेती गर्नेलाई प्रोत्साहन गर्ने कार्यक्रम केहि पालिकाबाट आगामी वर्ष नै ‘पाइलट प्रोजेक्ट’का रूपमा सुरुआत हुने उनले बताए। उनले किसानले उत्पादन गरेका वस्तु बजार नपाएर खेर जान नहुने बताउँदै राज्यले बजारको व्यवस्था गरिदिने प्रतिबद्धता व्यक्त गरे। पाइलट प्रोजेक्टको काम राम्रो भएमा प्रदेशभर नै लागु गर्दै लगिने मुख्यमन्त्री पाण्डेको भनाइ छ।

पाण्डेले अराजक प्रवृत्तिबाट फाइदा लिनेहरूले जनताको संघर्षबाट प्राप्त उपलब्धीहरू संकटमा पारेको बताएका छन्। मुलुक संकटमा रहेका बेला विदेशमा मोजमस्ती गरिरहेकाहरू अराजकताको बलमा गणतन्त्र स्थापनाका लागि योगदान गरेकाहरूलाई दबाउन तल्लीन रहेको उनको आरोप थियो। 

पाण्डेले दलहरूमा रहेका कमीकमजोरी सच्याउनुपर्ने तर परिवर्तनको रक्षाका लागि सबै सर्वसाधारण लाग्नुपर्ने धारणा राखे।

मुख्यमन्त्री पाण्डेले आफुले सुरु गरेका कार्यक्रम आफ्नै पालामा सम्पन्न हुने गरेर काम गर्ने बताए। उनले प्रदेश सरकार टुक्रे योजना र बजेटलाई नियन्त्रण गर्ने तयारीमा रहेको बताए।

स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यकाल सुरुवात भएको एक वर्ष भएको बताउँदै मुख्यमन्त्री पाण्डेले अहिले नै काम गर्‍यो गरेन भनेर मूल्यांकन गर्ने समय नभएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.