अफगानिस्तानमा तीन अपहरणकारी मारिए

अफगानिस्तानमा तीन अपहरणकारी मारिए
सुन्नुहोस्

काबुल : अपहरणकारीविरुद्ध अफगान प्रहरीले गरेको कारबाहीमा तीन जना मारिएका छन्। अपहरणमा परेका एक जना स्थानीय व्यापारीलाई सुरक्षा कारबाहीमा सकुशल मुक्त गरिएको प्रहरी प्रवक्ता खालिद जद्रानले बताएका छन्। 

बिहीबार बिहान अपरहणमा परेका ती व्यापारीलाई सोही दिन अपराह्न अपहरणकारीलाई मारेर सकुशल मुक्त गरिएको तथा गत मंगलबार अपरहरणमा परेका अर्का एक जना व्यापारीलाई पनि सकुशल मुक्त गरिएको प्रवक्ता जद्रानले बताए। 

लामो समयको आन्तरिक द्वन्द्वका कारण तहसनहस भएको अफगानिस्तानमा सम्पन्न परिवारका सदस्यलाई अतिवादी एवं सशस्त्र समूहले फिरौती रकम प्राप्त गर्न अपरहणलाई एउटा सहज औजारका रूपमा प्रयोग गर्दै आएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.