इङ्लिस प्रिमियर लिगः घरमै हार्यो टोटनहम
लन्डन : ब्रायन बेउमोको दुई गोलप्रेरित ब्रेन्टफोर्डले इङ्लिस प्रिमियर लिगमा शनिबार टोटनहमलाई १-३ गोलको नतिजामा पराजित गरेको छ। टोटनहमको मैदानमा भएको खेलको आठौं मिनेटमा ह्यारी केनले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा १-० ले पछि परेको ब्रेन्टफोर्डले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो। बेउमोले ५०औं मिनेटमा बराबरी गोल फर्काएका थिए। त्यसको १२ मिनेट नबित्दै बेउमोले व्यक्तिगत दोस्रो गोल गर्दै भ्रमणकारी ब्रेन्टफोर्डलाई १-२ को अग्रता दिलाएका थिए।
निर्धारित ९० मिनेटको खेल सकिन दुई मिनेट बाँकी रहँदा योएन विसाले गोल गर्दै ब्रेन्टफोडका लागि १-३ को जित सुनिश्चित गरे।
जितसँगै ३७ खेलबाट ५६ अंक जोडेको ब्रेन्टफोर्ड नवौं स्थानमा उक्लिएको छ। समान खेलबाट ५७ अंक जोडेको टोटनहम आठौं स्थानमा छ।