बुन्डेसलिगा : लाइपजिगसँग हार्‍यो बायर्न

बुन्डेसलिगा : लाइपजिगसँग हार्‍यो बायर्न
सुन्नुहोस्

बर्लिन : पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा लिग लिडर बायर्न म्युनिख शनिबार राति जर्मन बुन्डेसलिगामा आरबी लाइपजिगसँग १–३ गोलको नतिजामा पराजित भएको छ।

एलियान्ज एरिनामा भएको खेलको २५ औं मिनेटमा सर्ज जिनाब्रीले गोल गर्दै घरेलु टिम बायर्नलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले पछि परेको लाइपजिगले दोस्रो हाफमा तीन गोल फर्कायो। कोनार्ड लाइमरले ६४ औं मिनेटमा गरेको गोलसँगै भ्रमणकारी लाइपजिग बराबरीमा फर्किएको थियो।

क्रिस्टोफर एन्कुन्कुले ७६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै १–२ को अग्रता दिलाएका थिए। निर्धारित ९० मिनेटको खेल सकिन चार मिनेट बाँकी रहँदा लाइपजिगले पुनः पेनाल्टी पायो। सोही पेनाल्टीको सदुपयोग गर्दै डोमिनिक स्जोबोस्जलाईले १–३ को जित सुनिश्चित गरे। 

जितसँगै ३३ खेलबाट ६३ अंक जोडेको लाइपजिग तेस्रो स्थानमा छ। पराजित बायर्न सिजनको अन्तिम खेल बाँकी रहँदा ३३ खेलबाट ६८ अंक जोडेर शीर्ष स्थानमा छ।

एक खेल कम खेलेको बोरुसिया डर्टमन्ड ६७ अंकसहित दोस्रो स्थानमा छ। आज राति अग्स्बर्गविरुद्धको खेलमा तीन अंक लिनसके डर्टमन्ड शीर्ष स्थानमा पुग्ने छ। जसको अर्थ बुन्डेसलिगाको विजेता अन्तिम चरणमा टुङ्गो लाग्ने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.