थप ४ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ७०

थप ४ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ७०

काठमाडौं : थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टामा देशभरबाट ७६८ नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९५ र एन्टिजेनबाट ५७३ नमुना परीक्षण गर्दा पीसीआरबाट २ र एन्टिजेनबाट २ को रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा १४ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ७० पुगेको छ। 

मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.