नगरपालिकाका प्रमुखले एक वर्षसम्म सेवा सुविधा लिएनन्

नगरपालिकाका प्रमुखले एक वर्षसम्म सेवा सुविधा लिएनन्

मुगु : जिल्लाको छाँयानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले एक वर्ष सेवा सुविधा नलिएको बताएका छन्। 

नगरपालिकाले आइतबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा  निर्वाचित भएको एक वर्षसम्म आफूले कुनै पनि सेवा सुविधा नलिएको बताएका हुन्। 

आर्थिक वर्ष २०७९/०८० मा सञ्चालित कार्यक्रमको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख भामले आफूले निर्वाचनमा जनता सामु गरेका प्रतिबद्धतालाई पूरा गर्न पहिलो वर्षको कार्यकालमा भएका कार्यक्रम र भावी कार्यक्रमलाई साकार पार्नका लागि आफूले पाउने सेवा सुविधा त्याग गर्ने  कार्यक्रममा बताए।

नगर प्रमुख भामले नगरपालिकाबाट मोबाइल खर्च, क्वार्टर, रासन खर्च, नलिएको बताए। नगरपालिकाको खर्चबाट मिनरल वाटर प्रयोग नगरी स्वच्छ चैना खोलामा रहेको धाराको पानी प्रयोग गर्ने गरेको स्वागत सत्कारका लागि खादा बन्देज गरेको, पाँच वर्षसम्म जम्मा भएको मासिक तलब र बैठक, गोष्ठी लगायत अन्यबाट उपलब्ध रकम जम्मा गरेर छाँयानाथ रारा नगरपालिकालाई दुई र मुगुम कार्मारोङ गाउँपालिकालाई एउटा एम्बुलेन्स खरिद गरिदिने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.