मनाङको सातौं बराबरी, मछिन्द्र दोस्रो स्थानमा

मनाङको सातौं बराबरी, मछिन्द्र दोस्रो स्थानमा
सुन्नुहोस्

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा आइतबार एपीएफ क्लबसँग २–२ गोलको बराबरीसँगै मनाङ मर्स्याङ्दीले क्लब लगातार सातौं बराबरी खेलेको छ। 

दशरथ रंगशालामा भएको खेलको ७९ मिनेट १० जनामा सीमित भएको एपीएफविरुद्ध लिएको दुई पटकको अग्रता जोगाउन नसक्दा मनाङ बराबरीमै अल्झियो।

एपीएफका डिफेन्डर विश्वास उदासले सुमित श्रेष्ठलाई पेनाल्टी एरियामा लडाएपछि रातो कार्डको सामना गर्दै मैदान बाहिरिएका थिए। सोही फाउलमार्फत पाएको पेनाल्टीमा गोल गर्दै कोफी कौडोले १३औं मिनेटमा मनाङलाई अग्रता दिलाएका थिए।

त्यसको सात मिनेट नबित्दै नवीन लामाले फ्रि–किकमार्फत गोल गर्दै एपीएफलाई बराबरीमा ल्याएका थिए। त्यसको ६ मिनेट नबित्दै सुमितले गोल गर्दै मनाङलाई पुनः अग्रता दिलाएका थिए।

तर, ६४औं मिनेटमा अर्मान्ड बिडोमले गोल गर्दै एपीएफलाई हारबाट जोगाए। बराबरीसँगै मनाङ २० खेलबाट २४ अंक जोडेर आठौं स्थानमा छ। समान खेलबाट २३ अंक जोडेको एपीएफ १०औं स्थानमा उक्लिएको छ।

मनाङको यो लगातार सातौं बराबरी हो। जारी सिजनका २० खेलमध्ये मनाङले पाँच खेलमा जित, ९ बराबरी र ६ हार बेहोरेको छ।

मछिन्द्र दोस्रो स्थानमा चढ्यो

आजै च्यासल रंगशालामा भएको खेलमा न्युरोड टिम (एनआरटी)लाई ०–२ ले पराजित गर्दै मछिन्द्र फुटबल क्लब तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

आफिज ओलावालेले ३१औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए। इन्जुरी समयमा सौरभ लिम्बुले गोल गर्दै मछिन्द्रको पक्षमा ०–२ को जित सुनिश्चित गरे।

जितसँगै २० खेलबाट ३४ अंक जोडेको साविक विजेता मछिन्द्र दोस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट २३ अंक जोडेको एनआरटी नवौं स्थानमा छ। शीर्ष स्थानको जावालखेल युथ क्लबको १९ खेलबाट ३६ अंक छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.