नीति तथा कार्यक्रममा जनयुद्ध शब्द राखेकोप्रति एमालेको आपत्ति

‘जनयुद्ध शब्दलाई स्विकार गर्नु भनेको कांग्रेसको लागि इन्ड अफ हिस्टोरी हो’

नीति तथा कार्यक्रममा जनयुद्ध शब्द राखेकोप्रति एमालेको आपत्ति

भट्टराईले सरकारी दस्तावेज कतै पनि जनयुद्ध शब्द नभएको बेला नीति तथा कार्यक्रममा राखेको भन्दै आपत्ति जनाएका हुन्।

काठमाडौं : नेकपा एमालेका सांसद् योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रममा जनयुद्ध शब्द राखिएको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि भाग लिँदै सांसद् भट्टराईले सरकारी दस्तावेज कतै पनि जनयुद्ध शब्द नभएको बेला नीति तथा कार्यक्रममा यो शब्द राखेको भन्दै आपत्ति जनाएका हुन्। 

‘नीति तथा कार्यक्रममा जनयुद्ध उल्लेख छ। यो शब्द सरकारी दस्तावेजमा उल्लेख छैन। पहिलो पटक राष्ट्रपतिको मुखबाट यो शब्द बाचन गर्न लगाउनुभएको छ। संविधानमा जनयुद्ध शब्द राख्ने कि नराख्ने भन्ने विषयमा धेरै नै छलफल भएपछि जनयुद्ध शब्द राखिएको थिएन।’ एमाले सचिवसमेत रहेका भट्टराईले भने, ‘कांग्रेसले जनयुद्ध शब्दलाई स्विकार गर्नु भनेको कांग्रेसको लागि इन्ड अफ हिस्टोरी हो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.