लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन
दाङ : लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। स्वास्थ्य मन्त्रालयको जिम्मेवारी राजु खनाललाई दिइएको छ।
यस्तै, सामाजिक विकास मन्त्रीमा चन्द्रकेश गुप्ता, आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रीमा सन्तोसकुमार पाण्डेय नियुक्त भएका छन्।
यस्तै, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा भण्डारी लाल अहिर, भौतिक पूर्वाधार विकास मन्त्रीमा धर्मबहादुर चौधरी नियुक्त भएका छन्। खनाल, अहिर र गुप्ता आज नियुक्त भएका हुन्।
धनबहादुर मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ।