गाउँपालिका अध्यक्षले गरे एक वर्षको तलब सहयोग

गाउँपालिका अध्यक्षले गरे एक वर्षको तलब सहयोग
सुन्नुहोस्

बागलुङ : बागलुङको ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले आफ्नो एक वर्षको तलब भत्ता सहयोगी, जनयुद्वका घाइते र सामाजिक कार्यमा सहयोग गरेका छन्। 

अध्यक्ष विकले निर्वाचनका क्रममा तलब भत्ता सामाजिक कार्यमा खर्च गर्ने प्रतिबद्धता गरेको बताउँदै जनप्रतिनिधिमा निर्वाचित भएको एक वर्षको अवसरमा आइतबार व्यक्तिगत निजी सहयोगी, जनयुद्धका घाइते, पालिकाको शैक्षिक कोष, आफ्नो राजनीतिक दल र पालिकाका एक पत्रकारलाई सहयोग हस्तान्तरण गरेका हुन्। 

अध्यक्ष विकले प्रतिबद्धता अनुसार एक वर्षमा तलब भत्तासहित अध्यक्षले पाउने पाँच शीर्षकमा जम्मा भएको ४ लाख ४८ हजार ८० रुपैयाँ सहयोग गरेका हुन्। 

उनले आफ्ना निजी सहयोगी धन बहादुर घर्ती मगरलाई १ लाख १६ हजार रुपैयाँ, जनयुद्वका घाइते  बम बहादुर रोका ‘प्रशान्त’लाई ७० हजार रुपैयाँ, गाउँपालिकाको शैक्षिक कोष निर्माण स्थापना गर्न गुणस्तर शिक्षालाई १ लाख २२ हजार ८ सय ६८ रुपैयाँ, जनप्रतिनिधिको एक वर्षे कार्यकालको उपलब्धी सार्वजनिक पत्रकार सम्मेलनलाई ६० हजार रुपैयाँ, ताराखोलामा रहेको जनमुखी न्यूजका पत्रकार पूर्णभद्र निउरेलाई ६ हजार रुपैयाँ र नेकपा माओवादी केन्द्रलाई लेबी बापत ७३ हजार २ सय १२ रुपैयाँ सहयोग गरेका छन्।

अध्यक्ष विकले चुनावमा आफुले दुई ओटा नारा उठाएको र त्यसलाई पुरा गर्न लागेको बताए। उनले गाउँपालिकाबाट बसाइसराइ र रोजगारीको लागि विदेशीने क्रम बढ्दो रहेकोले पालिकामै रोजगार सिर्जना गर्ने चुनावी घोषणा बमोजिम पालिकामा श्रम बैंक कार्यक्रम र सहकारी स्थापना मार्फत कार्य सुरुवात गरिएको बताए।

निर्वाचनको समयमा आफ्नो तलब भत्ता र पारिश्रमिक वापतको रकम नलिने प्रतिबद्धता बमोजिम एक वर्ष पुगेको अवसरमा आफुले पाउने सबै सेवासुविधा वितरण गरेको अध्यक्ष विकको भनाइ छ। 

यस्तै ताराखेला गाउँपालिका–३ का वडाअध्यक्ष कर्ण बहादुर भण्डारीले पनि सम्पूर्ण सेवा सुविधाको रकम वडाको योजनामा खर्च गरेका छन्। 

वडाअध्यक्ष भण्डारीले चुनावमा  वडाअध्यक्षमा निर्वाचन पश्चात सम्पूर्ण सेवा सुविधाको रकम वडाको योजनामा समावेश गर्ने प्रतिबद्धता अनुरूप, शिक्षा, स्वास्थ्य र सामाजिक शीर्षकमा सहयोग गरेको बताए।

वडाअध्यक्ष भण्डारीले स्वास्थ्य तर्फ स्वास्थ्य चौकी  सरसफाईमा १हजार,पानी मर्मतमा ११  हजार पाँच सय, टिटी सुई खरिदमा ३ हजार, नागरि दिवस कार्यक्रममा १४ हजार, सुत्केरी आमा पोषण कार्यक्रमलाई  ३ हजार रुपैयाँ, हिल गाउँ महिला भवनमा ३० ओटा फर्निचर कुर्ची खरिद २१ हजार, जेरा बराखोला  बाटो मर्मत २ हजार ४ सय रुपैयाँ, मकाखोर पनादी मोटरबाटो सरसफाइ ४ हजार सादी हुलाक दराज खरिद १५ हजार, घुसमेली ढुङ्गा फोरेको ५ हजार रुपैयाँ, डोण्टा मोटरबाटो सरसफाइ ४ हजार रुपैयाँ र हिलगाउँ बाटो मर्मतमा ९ हजार रुपैयाँ सहयोग गरेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.