राजसंस्थाका लागि जनमतसंग्रह गर्नुपर्ने पूर्वराजाको संकेत, भने- नेपाली जनतालाई नै जिम्मा दिउँ

राजसंस्थाका लागि जनमतसंग्रह गर्नुपर्ने पूर्वराजाको संकेत, भने- नेपाली जनतालाई नै जिम्मा दिउँ
सुन्नुहोस्

धनगढी : पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थाका लागि जनमत संग्रह हुनुपर्ने संकेत गरेका छन्। सोमबार धनगढीमा गरिएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो संकेत गरेका हुन्। 

‘तत्कालको अवस्थालाई नदेखेको र नबुझेको जस्तो गरेर, कुरा बटारेर निषेध गरेर, ओठे र कोठे जवाफ फर्काएर नेपालको भविष्य सप्रिदैन। भोलिको सपनालाई साकार र विपना बनाउन नेपालीपन, मान्यता तथा मनोभावनाअनुसार नेपाली जनतालाई नै जिम्मा दिउँ, यसैमा हाम्रो कल्याण हुन्छ,’ उनले भने। पूर्वराजाको संकेत जनतामा जाने थियो।

देशमा राजनीतिक अस्थिरता देखिएका बेला पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय भएका हुन्। पूर्वी नेपालमा नागरिक अभिनन्दन लिइसकेका उनले धनगढीको अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै अहिलेको अग्रगामी कदम भनेको स्वाभीमान बेचेर नेपालीलाई शरणार्थी बनाएको आरोप लगाए। 

null

उनले नक्कली भुटानी शरणार्थी प्रकरणले देशको इज्जत र गौरव लोप भएको बताए। ‘नेपाली जनतालाई आफ्नो भू-भाग र राष्ट्रिय अस्तित्व हुँदाहुँदै शरणार्थी बनाएर पसिना बगाउन पठाएर आज जो हर्कत गरिरहेका छन्, त्यसबाट हाम्रो गौरव र इज्जत लोप भइरहेको छ,’ उनले भने। 

पूर्वराजा ज्ञानेन्द्रले देशप्रेम र देशभक्तिमा ह्रास आइरहेको बताए। ‘देशभित्रै बसौं, देशमै पसिना बगाऔं, आफ्नो पौरखले आफ्नै देश बनाऊँ भन्ने भावना हराउँदैछ। के नयाँ नेपाल भनेको यही हो? के अग्रगामी भनेको परावलम्बी नेपाल हो? के नेपालको आफ्नो अस्तित्व छैन? हामी परिश्रमी र स्वाभीमानी नेपाली, आज हाम्रो वीरता र स्वाभीमान कम भइरहेको छ,’ उनले भने। जनताले नेपाल आमाको माटो छोएर सोच्ने बेला आएको उनको भनाइ छ। 

null

आइतबार उनी नेपालगञ्जबाट आफैं मोटर चलाएर धनगढी आएका थिए। अभिनन्दन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्रले अहिले देशभक्तिको भावना हराउँदै गएको बताए। 'के कस्तो राष्ट्रिय दृष्टिकोण हामीले लिने? कस्तो प्रणाली, पद्धति र परिपाटी हामीले अंगाल्ने? गहिरिएर सोचौं, अझै बेलैदेखि नेपाली भएर सोचौं, नेपाली आमाको माटो र मुटु छोएर सोचौं, देशभन्दा ठूलो केही छैन,' उनले भने।

उनले देशको अवस्था देख्दा आँखाबाट आँसु आउने गरेको बताए। ‘देशको अवस्था देख्दा हामी सबैको आँखा रसाउँदै गएका छन्। आजको युग विकासको युग हो। आजको युग प्रविधिको युग हो। हामी आफ्नै स्रोत र साधन, आफ्नै सार्वभौमिकता, आफ्नै स्वतन्त्रताबाट आफ्नो उन्नति गर्न चाहन्छौं। त्यसैले सोच्ने बेला आएको छ,’ उनले भने। 

null

धनगढीको रंगशालामा आयोजना गरिएको नागरिक अभिनन्द कार्यक्रममा विभन्न संघसंस्थाहरूले पूर्वराजाको अभिनन्दन गरेका थिए। अभिनन्दन कार्यक्रमका संयोजक तथा पूर्व मन्त्री जयन्त चन्दले देशको अहिलको अवस्थाले राजसंस्था आवश्यक रहेको बताएका थिए। पूर्व युवराज्ञी हिमानी शाह र उनका दुई छोरीहरू पनि कार्यक्रममा सहभागी थिए। पूर्वराजा सुदूरपश्चिममा एक हप्तासम्म बस्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ। 

null

null

null

null

null

null

null

तस्बिर : शिवराज भट्ट 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.