पठाएको १५ मिनेटसम्म ह्वाट्स एपमा म्यासेज सम्पादन गर्न मिल्ने

काठमाडौं : सामाजिक सञ्जालमा च्याट गर्नेबेला कुनै बेला जानेर वा झुक्किएर गलत शब्द गइरहेको हुन्छ। मेटाले अब त्यस्तो गल्ती सुधार्नका निम्ति समय तोक्ने भएको छ।
तपाइँले पठाएको म्यासेजलाई मेटाले सम्पादनका निम्ति १५ मिनेटको समय दिने भएको छ। मेटाका संस्थापक एवं सीईओ मार्क जुकरबर्गले १५ मिनेटभित्र म्यासेज सम्पादन गर्न मिल्ने जानकारी दिएको छ।
उनले १५ मिनेटभित्र ह्वाट्स एपमा आफ्ने म्यासेज सम्पादन गर्न मिल्ने उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
