भारतमा आजबाट २ हजारका नोट साटिंदै

भारतमा आजबाट २ हजारका नोट साटिंदै
सुन्नुहोस्

भारतीय रिजर्व बैंकले २००० रुपैयाँका नोट फिर्ता लिने घोषणा गरेको थियो। यी नोट मे २३ देखि सेप्टेम्बर ३० सम्म बैंकमा जम्मा गर्न वा साट्न सकिनेछ।

नयाँ दिल्ली : आज (मे २३) देखि भारु दुई हजाका नोट परिवर्तन गर्ने प्रक्रिया सुरु भएको छ । बैंकहरुमा गएर नोटहरू साट्न सकिनेछ। यी नोटहरू जुनसुकै बैंकमा परिवर्तन गर्न सकिन्छ।

भारतीय रिजर्व बैंकले २००० रुपैयाँका नोट फिर्ता लिने घोषणा गरेको थियो। यी नोट मे २३ देखि सेप्टेम्बर ३० सम्म बैंकमा जम्मा गर्न वा साट्न सकिनेछ।

एक पटकमा केवल दस नोट साटिने जनाइएको छ। नोट साट्नको लागि कुनै अतिरिक्त शुल्क लाग्ने छैन।

मे १९ मा, आरबीआईले बैंकहरूलाई तत्काल नयाँ २००० नोट जारी गर्न बन्द गर्न भनेको थियो। सोही दिन सबै बैंकलाई नोट साट्न निर्देशन दिइएको थियो ।

आरबीआईले ३० सेप्टेम्बर २०२३ सम्म २००० नोटहरू जम्मा वा साट्न सकिने बताएको छ। यद्यपि आरबीआईले यसपछि के हुन्छ भन्ने स्पष्ट पारेको छैन । यस सम्बन्धमा आरबीआईले नयाँ दिशानिर्देश जारी गर्ने सम्भावना छ।

३१ मार्च २०२३ सम्म बजारमा ३.६२ लाख करोड भारु मूल्यको २ हजारका नोट चलनमा थिए। ३१ मार्च २०१८ मा यी नोटको सबैभन्दा बढी सर्कुलेशन ६.७३ लाख करोड रुपैयाँ थियो, जुन कुल नोटको १० प्रतिशत हो।

 २ हजार को नोट पहिलो पटक नोभेम्बर २०१६ मा आरबीआई ऐन १९३४ को धारा  २४(१) अन्तर्गत जारी गरिएको थियो।

त्यतिबेला ५०० र १००० का नोट बन्द भएपछि अर्थतन्त्रमा मुद्राको आवश्यकता पूरा गर्न २ हजारका नोट जारी गरिएको थियो। बीबीसी
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.