निक्षेप संकलनमा सुधार

निक्षेप संकलनमा सुधार
सुन्नुहोस्

नेपाल बैंकर्स संघले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका २१ वाणिज्य बैंकको भने पछिल्लो १ महिनामा ११ बैंकको निक्षेप वृद्धि घटेको छ।

काठमाडौं : लामो समयसम्म निक्षेप संकलन नबढ्दा लगानी योग्य पुँजी अभाव खेपेका वाणिज्य बैंकको परिसूचकमा सुधार देखिएको छ। वैशाख मसान्तसम्ममा समग्र वाणिज्य बैंकको निक्षेप संकलन बढेको छ। यसो हुँदा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमाभित्र आएको छ। 

नेपाल बैंकर्स संघकाअनुसार वैशाखसम्ममा वाणिज्य बैंकको सीडी रेसियो औसत ८४.८८ प्रतिशतमा सीमित छ। यसो हुनु भनेको बैंकको कर्जा दिने क्षमता हुनु हो। यसअघि बैंकको यस्तो अनुपात कसीलो अर्थात् तोकेको सीमा ९० प्रतिशतभन्दा माथि पुगेको थियो। जसले गर्दा नेपाल राष्ट्र बैंकले सीमामा राख्न सचेत गर्नेदेखी नगद जरिवानासमेत गरेको थियो। 

अझ पछिल्लो समय व्यवसायीहरू बजारमा वस्तुको माग नभएकाले अफ्ठेरोमा परेको र महँगो कर्जाको ब्याजदर तिर्नुपरेको गुनासो गर्दै आएका थिए। यसबीच बैंकमा कर्जाको माग पनि घटेको थियो। अर्कोतर्फ केही व्यवसायहिरू बैंकविरुद्ध आन्दोलित हुँदा थप कर्जा दिन बैंकरहरू सशंकित भएका थिए। तर, बैंकर्सहरूको भद्र सहमतीबाट वैशाखदेखी मुद्दती निक्षेपको ब्याजदर दोहोरो अंकबाट घटाएर एकल अंकमा झारेका छन्। जसअनुसार वाणिज्य बैंकले वैशाख १ गतेदेखि एक वर्षे मुद्दतीको ब्याज ११ प्रतिशतबाट ९.९९ प्रतिशत कायम गरे। यस्तै, संस्थागत निक्षेपकर्ताको ब्याजदर ७.९९ प्रतिशत, कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा सीमित र साधारण बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशत कायम राखेको छ।

यसरी वैशाखमा निक्षेपको व्याजदर घट्दा पनि निक्षेप संकलन भने घटेन। उल्टै सुधार भएको छ। गत असारदेखि यता १० महिनामा बैंकिङ प्रणालीमा निक्षेप २ खर्ब ९९ अर्ब रुपैयाँले थपिएको छ। यसरी थपिँदा वैशाखसम्ममा कुल निक्षेप ४८ खर्ब ४० अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। चैतको तुलनामा वैशाखमा १२ अर्ब ७३ करोड रुपैयाँ प्रणालीमा थपिएको नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। जबकी चैतमा कुल निक्षेप ४८ खर्ब २७ अर्ब ७२ करोड रुपैयाँ थियो। अझ वार्षिक रुपमा तुलना गर्दा गत आर्थिक वर्षको वैशाखमा ४३ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो। यसको तुलनामा वाणिज्य बैंकमा वार्षिकक ४ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप बैंकिङ प्रणालीमा थपिएको संघले बताएको छ।

अहिले रेमिट्यान्स बढेकाले पनि निक्षेप संकलनमा ठूलो सुधार हुन सम्भव भएको बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्मा बताउँछन्। ‘रेमिट्यान्स गत वर्षको तुलनामा २४.२ प्रतिशतले बढेको छ। यसले गर्दा निक्षेपमा ठूलो सुधार छ। यससँगै अरु हिसावले पनि निक्षेप बाहिरिएन,’ उनले अन्नपूर्णसँग भने। 

नेपाल बैंकर्स संघले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका २१ वाणिज्य बैंकको भने पछिल्लो १ महिनामा ११ बैंकको निक्षेप वृद्धि घटेको छ। ती बैंकको निक्षेप वृद्धि घटे पनि कुल निक्षेपमा भने सुधार छ। चालू आवको १० महिनासम्म सबैभन्दा बढी निक्षेप ग्लोवल आईएमई बैंकको छ। 

हालसम्म सो बैंकको निक्षेप ४ खर्ब १९ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। यसपछि दोस्रो बढी निक्षेप नबिल बैंकको ३ खर्ब ६९ अर्ब ५७ करोड रुपैयाँ छ। यसपछि नेपाल इन्भेस्टमेन्ट मेगाको ३ खर्ब ५३ अर्ब ६२ करोड, एनआईसी एसिया बैंकको ३ खर्ब १६ अर्ब ५४ करोड र कुमारी बैंकको ३ खर्ब १२ अर्ब ३५ करोड र राष्ट्रिय वाणिज्य बैंकको ३ खर्ब ४९ करोड रुपैयाँ पुगेको छ। यसपछिका बैंकको ३ खर्बभन्दा कम २ खर्ब कुल निक्षेप हुने बैंकमा प्रभु, हिमालयन, नेपाल र सिद्धार्थ, बैंक छन्। यस बाहेकका बैंकको २ अर्बभन्दा कम १ अर्बमाथि कुल निक्षेप रहेको छ ।

वैशाखसम्ममा ४३ खर्ब कर्जा प्रवाह

वाणिज्य बैंकको लगानीयोग्य पुँजी क्षमता (तरलता) अहिले सहज छ। तर, गत चैतको तुलनामा वैशाखमा भने १० अर्ब ७६ करोड रुपैयाँले कर्जा प्रवाहमा संकुचन आएको छ। यद्यपी गत असारको तुलनामा भने वैशाखमा थप १ खर्ब २३ अर्ब ७७ करोड रुपैयाँ प्रणालीबाट थप लगानी हुँदा कुल ४२ खर्ब ९८ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। तर, गत आवको वैशाखको तुलनामा थप १ खर्ब ८ अर्ब कर्जा गएको छ। गत आवको वैशाखमा कुल ४१ खर्ब ९१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो। 

यसै क्रममा संघका कार्यकारी निर्देशक शर्मा भने पछिल्लो समय सबै व्यवसायमा सुस्तता भएकाले बजार चलायमान नहुँदा कर्जा माग खुम्चिएको बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.