मधेशमा गठबन्धनको बैठक बिनै कांग्रेसका मन्त्री नियुक्त भएपछि माओवादीको ध्यानाकर्षण

मधेशमा गठबन्धनको बैठक बिनै कांग्रेसका मन्त्री नियुक्त भएपछि माओवादीको ध्यानाकर्षण
सुन्नुहोस्

जनकपुरधाम : मधेश प्रदेशमा छ दलीय गठबन्धनको बैठक जारी रहेकै समयमा सांसदहरुलाई मन्त्री बनाउन लागेको खबरप्रति माओवादी केन्द्रको ध्यानाकर्षण भएको जनाएको छ। सोमबार रातिसम्म चलेको बैठकले बैठक सकारात्मकरुपमा अघि बढेपनि आज पुनः बस्ने भनि गरिएको निर्णयलाई मुख्यमन्त्री सरोजकुमार यादवले बेवास्ता गर्दै मन्त्रिमण्डल विस्तार गर्नु दुःखद रहेको माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले बताए।

उनले भने, ‘आज बस्ने बैठकबाट मन्त्रालय विस्तारका लागि टुंगो लगाउने कुरा थियो, तर एकाएक कांग्रेस, एकीकृत समाजवादीलगायतका केही साथीहरुलाई मन्त्री बनाई आजै सपथग्रहण गर्ने भएपछि बैठकपनि अन्योलमा परेको छ।’
‘बैठक बसेर लोसपासहितका दललाई पनि मन्त्रालयमा सहभागी गराउँदै अघि बढेको भए सकारात्मक मेसेज पनि जाने थियो, तर यसरी मुख्यमन्त्रीजीले बैठकलाई समेत गरेको ओभरटेक दुःखद हो’, संसदीय दलका नेता साहले भने।

आजै कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी र वीरेन्द्रप्रसाद सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिने भएको छ। यसका लागि आज दिउँसो एक बजे सपथग्रहणको समय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तोकेको छ। तर एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र माओवादी केन्द्रसँग कुनै सरसल्लाह नभएको बताइएको छ।

यता लोसपालाई राज्यमन्त्रीका लागि मुख्यमन्त्रीले अफर गरेपनि गठबन्धनको बैठक बसेर मन्त्रालयको विषयमा सहमति जुटाउन आग्रह गरेको लोसपाका नेताले जानकारी दिए। यसले गठबन्धनमा खटपट हुन सक्ने सम्भावना रहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.