मध्यपहाडी लोकमार्गको काम ठप्प, स्थानीयद्वारा प्रशासनमा धर्ना

मध्यपहाडी लोकमार्गको काम ठप्प, स्थानीयद्वारा प्रशासनमा धर्ना
मध्यपहाडी लोकमार्गको काम ठेकेदारे अलपत्र पारेको भन्दै विरोधमा उत्रिएका स्थानीयवासी।
सुन्नुहोस्

गोरखा : गोरखाका स्थानीयवासी मध्यपहाडी लोकमार्गको काममा चरम लापरबाही गर्ने ठेकेदारको विरोधमा उत्रिएका छन्। 

पालुङटार नगरपालिकाको ठाँटीपोखरीदेखि मसानेठाँटीसम्मको खण्ड स्तरोन्नति गर्ने जिम्मा लिएको हिम्डुङ प्यासिफिक कन्स्ट्रक्सनको विरोध गर्दै स्थानीयले मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन्। 

‘सडक निर्माणको ठेकेदार कहाँ छ’, ‘जनतालाई सास्ती कहिलेसम्म’ जस्ता नारा लेखिएका प्ले कार्डसहित उनीहरू धर्नामा बसेका हुन्। काम अलपत्र पारेर सम्पर्कविहीन बनेका ठेकेदारलाई कार्यक्षेत्रमा उपस्थित गराइदिन उनीहरूले प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेका छन्। 

‘अहिले त्यो सडकमा एम्बुलेन्स चल्न सक्ने अवस्था छैन’, स्थानीय कमल पोखरेलले भने, ‘ठेकेदार काम गर्न आउँदैन, बाटोको अवस्था बिजोग छ। जसरी भएपनि ठेकेदारलाई कार्यक्षेत्रमा बोलाएर काम सुचारु गराउनुपर्‍यो।’ 

बर्खामा बाटोकै कारण कुनै घटना भएमा त्यसको जिम्मेवार ठेकेदार हुने भन्दै उनले आक्रोश व्यक्त गरे। उक्त निर्माण कम्पनीले मजदुरको श्रम शोषण समेत गरेको स्थानीयको आरोप छ। काम लगाउने तर ज्याला नदिने गरेको पानपा–४ लुइँटेलका स्थानीय कालीप्रसाद सोडारीले बताए।

‘केही दिन काम गर्छन्, ज्याला पाउँदैनन् अनि निराश भएर काम छाडेर जान्छन्, यस्तो धेरै पटक भइसक्यो,’ उनले भने। पूर्व गण्डकी प्रदेशका सांसद हरिशरण आचार्यले ठेकेदारलाई कारवाही हुनुपर्ने बताएका छन्। 

तेस्रोपटक म्याद थप हुँदा समेत काम नगर्ने ठेकेदारलाई कारवाही प्रक्रिया अघि बढाउन उनले प्रजिअलाई आग्रह गरेका छन्। 

मसानेठाँटीदेखि छेवेटारसम्मका स्थानीय धर्ना कार्यक्रममा सहभागी थिए। राजनीतिक संरक्षणका कारण ठेकेदारको लापरबाही बढेको उनीहरूको भनाइ छ। समयमै काम नगरे सो सडकखण्डमा सवारी चल्न नदिने उनीहरूले चेतावनी समेत दिएका छन्। 

प्रजिअ दिनेशसागर भुसालले निर्माण कम्पनी, जनप्रतिनिधि, स्थानीय लगायतका सरोकारवाहरूसँग बसेर छलफल गर्ने बताए। 

कुल १३ किलोमिटर उक्त खण्डको काम विगत लामो समयदेखि अलपत्र छ। चालु आर्थिक वर्षको असार मसान्तसम्म काम सक्ने जिम्मा लिएको निर्माण कम्पनी अहिलेसम्पर्कमै नभएको स्थानीय बताउँछन्। हालसम्म २५ प्रतिशत मात्र कामको प्रगति रहेको आयोजना कार्यालय ठाटीपोखरीले जनाएको छ।

अदालतको ‘स्टे अर्डर’ का कारण कारवाही गर्न नसकिएको कार्यालय प्रमुख सुनील रंजितकारले बताए। ‘काम नगरेपछि हामीले बैक ग्यारेन्टी जफत गर्‍यौँ, तर उसले उच्च अदालत पाटनमा निवेदन दिएछ,’ उनले भने, ‘अदालतले स्टे अर्डर दिएको छ त्यसकै कारण अफिसियल रुपमा कारबाही गर्न पाएका छैनौ।’ 

कारवाहीका लागि विभागको कानूनी शाखामा लेखेर पठाएपनि कुनै प्रतिक्रिया नआएको उनले बताए। यस विषयमा जानकारी लिन प्यासिफिक कन्स्ट्रक्सनका ठाकुर कडेँललाई फोन गर्दा सम्पर्कमा आउन चाहेनन्। 

पाँच खण्डमा विभाजन गरेर जिल्लामा मध्यपहाडी लोकमार्गको काम भइरहेको छ। ठाटीपोखरी–मसानेठाटी बाहेक अन्य खण्डमा भने काम भइरहेको आयोजनाले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.