गर्भवतीको मृत्यु भएपछि सिन्धुली अस्पतालमा तनाव
सिन्धुली : सिन्धुली अस्पतालमा गर्भवतीको मृत्यु भएको भन्दै स्थानीयले आक्रोस पोखेका छन्।
कमलामाई नगरपालिका-५ सिलामेकी २९ वर्षीया गंगा गुरूङ श्रेष्ठको मंगलबार उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालमा आक्रोस व्यक्त गरेका छन्।
डाक्टर दिनेश कुमार मितले बेहोस बनाउने गलत औषधि दिएका कारण मृत्यु भएको मृतकका आफन्तले दाबी गरेका छन्।
अस्पतालमा सयौंका संख्यामा जम्मा भएकाहरू तोडफोडमा उत्रिएका छन्। अवस्था तनाव ग्रस्त छ। आक्रोशित भीडले बजारमा सडक अवरोध गरेका छन्।
अस्पतालमा व्यापक प्रहरी परिचालन गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।