मनकामनामा सुन्तलाको प्रतिमा निर्माण

मनकामनामा सुन्तलाको प्रतिमा निर्माण
मनकामनामा स्थापना गरिएको सुन्तलाको प्रतिमूर्ति
सुन्नुहोस्

गोरखा : सुन्तलाका लागि समेत नाम कमाएको प्रसिद्ध धार्मिकस्थल मनकामनामा सुन्तलाको प्रतिमा बनाइएको छ। 

यस क्षेत्रमा उत्पादन हुने सुन्तलाको प्रवर्द्धन गर्ने तथा पर्यटन विकास गर्ने उद्देश्यले गोरखा उद्योग वाणिज्य संघ, मनकामना बजार इकाइले मनकामना बसपार्कमा सुन्तलाको प्रतिमा स्थापना गरेको हो।

सहिदलखन गाउँपालिका-२ ढाँडबारीमा नवनिर्मित सुन्तलाको प्रतिमा सोमबार गोरखा उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ र वडा अध्यक्ष सकुन थापामगरले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुन्तला जोन कार्यालयले मनकामनालाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरी विभिन्न कार्यक्रम गरिरहेको छ।

मनकामनालाई सुन्तलाकै माध्यमबाट प्रचारप्रसार गरी कृषकहरूलाई सुन्तला उत्पादनमा प्रोत्साहन गर्नका लागि सुन्तलाको प्रतिमा स्थापना गरिएको उवासंघ मनकामना बजार इकाइका अध्यक्ष हरि श्रेष्ठले बताए।

उद्योग वाणिज्य संघ, मनकामना इकाइको ६ लाखको रूपैयाँ लागतमा सुन्तलाको प्रतिमूर्ति निर्माण भएको हो। मनकामना सुन्तलाका लागि देशभर प्रसिद्ध रहेको र कृषकलाई सुन्तला उत्पादनमा प्रोत्साहन गर्दै उनीहरूको आर्थिक स्तरमा सुधार ल्याउनका लागि प्रतिमा स्थापना गरिएको उनको भनाइ छ। 

उनका अनुसार व्यक्तिले बसपार्कका रूपमा दान गरेको जग्गामा सुन्तलाको प्रतिमा स्थापना गरिएको हो। ढाडबारी गाउँका कृषकले सुन्तला उत्पादनबाट वार्षिक रूपमा एक करोड भन्दा बढि आम्दानी गर्दै आएका छन्। 

यहाँको कृषकको मुख्य आम्दानी नै सुन्तला खेती भएको बताउदै मनकामनाको स्वादिलो र रसिलो सुन्तला मास्न नदिन, यहाँको पहिचान हराउन नदिनका लागि सुन्तलाको प्रतिमा स्थापना गरिएको उनले बताए।

यसले आन्तरिक तथा बाह्य पर्यटकलाई मनकामनालाई सुन्तलाको पकेट क्षेत्रमा रूपमा चिनाउन समेत धेरै सहयोग पुग्ने इकाइ समितिका अध्यक्ष श्रेष्ठले बताए। 
अहिले सुन्तलाको बोटमा विभिन्न रोगको आक्रमणका कारण बोट मास्दै आएको र उत्पादन घट्दैप्रति उनले चिन्ता व्यक्त गरेका थिए। कृषकहरूलाई यसतर्फ ध्यान दिन र उत्पादन बढाउनका लागि अपनाउन पर्ने उपायहरूका बारेमा सजग रहन समेत उनले अनुरोध गरे।

कार्यक्रममा सहभागी वक्ताहरूले पछिल्लो समयमा सुन्तलामा विभिन्न प्रकार रोगहरू देखिन थालेको र यसले सुन्तलाको बोट मासिनुका साथै उत्पादन घट्दै गएको बताए। 

सुन्तलामा लाग्ने रोगको नियन्त्रण गरी उत्पादन बढाउनतर्फ कृषकहरू लाग्नुपर्ने उनीहरूले बताएका थिए। त्यस्तै मनकामनालाई सुन्तलाको पकेट क्षेत्रलाई इतिहासमा मात्र सीमित राख्नु नहुने र यसको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनु पर्ने बताएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.