अवैधरुपमा बालुवा उत्खनन् गर्ने ट्याक्टर नियन्त्रणमा

बागलुङ : बागलुङ जिल्लाको बागलुङ नगरपालिका-१ खनियाघाटबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् गर्ने आठ ट्याक्टर नियन्त्रणमा परेका छन्।
खनियाघाटस्थित कालिगण्डकी नदी किनारमा मंगलबार राती ८ बजे अवैध रुपमा ढुङगा, गिट्टी, बालुवा उत्खनन् गर्दैगर्दा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ध १ त ३३५, ध १ त ३४३, ध १ त ३८८, ध १ त ५८९, ध १ त ४६७, ध १ त २१३, ध १ त २४१ र लु ५ त १२६७ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन के.सी.ले बताए।
नियन्त्रणमा लिइएका ट्याक्टरलाई आवश्यक कारबाहीका लागि बुधबार बागलुङ नगरपालिकामा पठाइएको प्रनाउ केसीले बताए।
प्रतिक्रिया दिनुहोस !
