शुक्रबार देशका तीनवटा प्रदेशमा वर्षा हुने

काठमाडौं : शुक्रबार देशका तीनवटा प्रदेशमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेस, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ। शुक्रबार राति कोशी प्रदेश लगायत देशका पहाडी भूभागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस !
