विशेष अदालतको फैसलामा चित्त नबुझेपछि अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन
काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएका मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
आयोगले दर्ता गरेका विशेष अदालत काठमाडौंबाट विभिन्न मितिमा फैसला भएकामध्ये तीन मुद्दामा चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।
उनका अनुसार विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये परीक्षाको परिणाम फेरबदल,राजश्व चुहावट र घुस/रिसवत लिइ भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा पुनरावेदन गरिएको हो।
परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोपमा केशव प्रसाद घिमिरेसमेत पाँचजनाविरूद्धको मुद्दामा विशेष अदालतले २०७९ असोज ४ गते सफाइ दिएको थियो।
घुस रिसवत लिइ भ्रष्टाचार गरेको आरोपमा अविनाश कुँवरविरुद्धको मुद्दामा ३०७९ वैशाख २२ गते सफाइ दिएको थियो।
यस्तै, आनन्द केशरी पोखरेलसमेत ३८ जनाले विशेष अदालतबाट सफाइ पाएका थिए। आयोगले उनीहरूविरुद्ध राजश्व चुहावट,कागजात नोक्सान तथा परीक्षाको परिणाम फेरवदल गरी भ्रष्टाचार गरेको मुद्दा दायर गरेको थियो। सो मुद्दामा विशेष अदालतले २०७९ पुस २६ गते सफाइ दिएको थियो।