ओलीले भने- मैले पशुपतिलाई रकम दिने हो, सुन हो कि पित्तल ट्‍वाक-ट्‍वाक पार्न गएको थिइनँ

ओलीले भने- मैले पशुपतिलाई रकम दिने हो, सुन हो कि पित्तल  ट्‍वाक-ट्‍वाक पार्न गएको थिइनँ

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदको मर्यादाविपरीत आफूविरुद्ध आरोप लगाएको भन्दै आक्रोश पोखेका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा उनले माओवादी सांसदले बकवास आरोप लगाएको बताए।

उनले जँड्याहाले पनि त्यस्तो कुरा नबोल्ने भन्दै आरोप पुष्टि गर्न चेतावनी दिए। 'आज संसद अरुवद्ध भयो। हुन पनि पर्छ। माओवादी सांसदले रोस्टममा बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो, कहाँ गयो त्यो? भनेर आरोप लगाउनुभयो। पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको जलहरी चढाएर भ्रस्टाचार गर्‍यो भनेर बोल्यो। यस्तो बकवास आरोप। एउटा जँड्यहाले रक्सीको तालमा हिँड्दा पनि त्यस्तो कुरा बोल्दैन,' उनले भने।

उनले माओवादी सांसदको आरोप आधारहीन, असत्य र जनतालाई भ्रम पार्ने खालको रहेको प्रस्ट पारे। 'संसदजस्तो गरिमामय ठाउँमा त्यस्तो बकवास। दुई अर्ब औषधिको खायो रे। त्यसको पुष्टि हुन पर्‍यो त। पुष्टि हुने सम्भावना त छैन,' उनले थपे।

उनले आफू जिन्दगीभरि भ्रष्टाचारविरुद्धको अभियान चलाएर आएको बताए। यस्ता आरोप लगाउनेहरू देशद्रोही भएको उनको भनाइ छ। 'यो त इमानका शत्रुहरूले गर्ने कुरा हो। देशद्रोही तत्वहरूले यो देशमा कोही पनि इमान्दार छैन भनेर स्थापित गर्न खोजेको हो। देशप्रति वितृष्णा जगाउने यो देशद्रोही काम हो,' उनले भने। 

उनले आफूले पशुपतिलाई रकम निकासा गरेको र सुन हो कि पित्तल भनेर हेर्न नगएको प्रस्ट्याए। 'मैले त पशुपतिलाई रकम दिने हो। पशुपतिमा रकम दिएपछि सुन हो कि पित्तलको हो मैले ट्‍वाक-ट्‍वाक पार्न गएको थिएँ त्यहाँ?,' उनले प्रश्न गरे।

अध्यक्ष ओलीले सेना बसेर ती चिजको निर्माण गरेको भन्दै माओवादी सांसदलाई अनुत्तरदायी मात्र होइन, गैरजिम्मेवारको हद भएको बताए। 'यस्ता यस्ता मान्छे संसदमा पुगेका छन् नि कुनै सामाजिक मर्यादा पनि नबुझ्ने। दुःखको कुरा हो, डेमोक्रेसीमा जस्तो समाज हुनपर्ने हो त्यस्तो छैन,' उनले भने।

उनले सरकारको भूमिका एमाले विरोधी भएको बताए। 'सरकार देशको पक्षमा कुनै काम गरेको छैन। एमालेको विरुद्धमात्र गरेको छ,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.