शरणार्थी प्रकरणमा मेरा नजिक भनिएकालाई मुछ्न खोजियो : केपी ओली

शरणार्थी प्रकरणमा मेरा नजिक भनिएकालाई मुछ्न खोजियो : केपी ओली
सुन्नुहोस्

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफू निकट व्यक्तिलाई जबर्जस्ती मुछ्न खोजेको आरोप लगाएका छन्। 

काठमाडौंमा आयोजित कार्यक्रममा उनले जबर्जस्ती बयान दिन लगाएर आफू नजिकका मान्छेको नाम पोल्न लगाएको आरोप लगाए।

'हाम्राविरुद्ध जे बोले पनि हुने। जे प्रचार गरे पनि हुने। बिनासिती ढंगले हाम्रा मान्छेलाई नक्कली भुटानी प्रकरणमा मुछेका छन्। एमालेका खासगरी मेरा नजिक भनिएकाको नाम पोल्न लगाउने काम भयो,' उनले भने।

उनले प्रहरीमा उच्चारण गरेको बयान छापामा कसरी भन्दै प्रश्न गरे। 'प्रहरीमा उच्चरण गर्नेवित्तिकै छापामा कसरी आउँछ। कहिले कहिले त छापामा पहिले आउँछ अनि बयान लिइन्छ। कस्तो तयारी साथ,' उनले भने।

उनले बयान रोकेर जबर्जस्ती सही गर्न लगाइएको आरोप लगाए। उनले यस विषयको फेहरिस्त तथ्यांकसहित आउँदै जाने बताए। उनले एक वर्षअघि निवेदन परे पनि किन गुपचुप गर्न खोजे भन्दै प्रश्न उठाए। 

'निवेदनको बाढी आउन थालेपछि थाम्न नसकेर फेरि गिरफ्तार गरे। त्यसअघि उनीहरूलाई किन छाडियो? दलालसँग नयाँ योजना बनाइन्छ। विशेष सुविधा दिइन्छ,' उनले भने।

उनले ९ करोड बुझाएँ भन्ने व्यक्तिलाई नै सरकारले सूचनादातामा राखेको भन्दै आपत्ति जनाए। '९ करोड बुझाउनेलाई सरकारले सूचनादाता भन्छ। यहाँ मिलेमतो छैन कसरी भन्ने? ककसको संलग्ता छ भोलि उजागर हुँदै जानेछ,' उनले भने। 

उनले सरकारको भूमिका एमालेविरोधी भएको बताए। 'सरकार देशको पक्षमा कुनै काम गरेको छैन। एमालेको विरुद्धमात्र गरेको छ,' उनले भने। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.