प्रांगारिकले हट्यो रासायनिक मलको चिन्ता

प्रांगारिकले हट्यो रासायनिक मलको चिन्ता
प्रांगारिक कृषिका लागि तयार गरेको गड्यौला देखाउँदै शुक्रनगरका किसान छविलाल न्यौपाने। तस्बिर : अनिल ढकाल
सुन्नुहोस्

चितवन : चितवनका एक कृषकले बालिका लागि प्रांगारिक मल बनाएर खेती गर्दै आएका छन्। घरमै प्राकृतिक मल बनाएपछि उनलाई रासायनिक मलको चिन्ता पनि रहेन अनि लागत पनि कम भए पुग्यो। 

शुक्रनगरका कृषक छविलाल न्यौपानेलाई अहिले ढुक्क छ। उनलाई न रासायनिक मलको लाइन बस्न परेको छ न नपाउने हो कि भन्ने चिन्ता नै। उनले खेतीका लागि चाहिने मल आफैंले तयार पार्न थालेको निकै भयो। उनी बाली जोगाउने प्राकृतिक विषादी पनि आफैं उत्पादन गर्छन्। भरतपुर महानगरपालिका–२५ मा रहेको प्रभात प्रांगारिक कृषि उत्पादन केन्द्रका सञ्चालक न्यौपानेले माटोको लागि फाइदाजनक विषादी बनाउने गरेका हुन्। यसरी उत्पादित विषादीलाई उनले ‘पञ्चामृत’ नामाकरण गरेका छन्। 

उनले जैविक खेतीअन्तर्गत प्राकृतिक कृषि पद्धतिअनुसार आफैंले मल बनाएर बालीमा लाग्ने रोग र किरा नियन्त्रणको औषधि बनाएका छन्। खाद्यान्न र तरकारी खेतीमा मनग्य आम्दानी गरेका छन्। उनले आफैं छर्कने स्प्रे बनाएका छन्। ‘मदर सिड’ किनेर जरा र डाँठ बलियो बनाउने ‘वेस्ट डिकम्पोजर’ तयार गर्छन्। 

मेवाको पात, गोमूत्र, अमिलो मोही, शुद्ध बेसार र बढी पिरो हुने खुर्सानी, आँकको पात मिलाएर ढुसी नियन्त्रणको औषधि ‘निमास्त्र’ बनाएका छन्। निमको पात र दाना, आलो गोबर, गोमूत्र र पानीबाट पनि बनेको औषधिबाट छेडुवा कीरा नियन्त्रण गरेका छन्। गड्यौला पालेर मल उत्पादन गरेका छन्। 

  •     गड्यौला पालेर मल उत्पादन
  •     १६ बिघामा रासायनिक मल नहाली खेती 

यसअघि उनको वार्षिक डेढ लाख रुपैयाँ मलमा खर्च हुन्थ्यो। अहिले त्यो जोगिएको छ। ‘रासायनिक मल र विषादीले हाम्रो माटोको फाइदाजनक जीवाणु सबै मरिसकेपछि माटो मृत अवस्थामा हुन्छ। त्यही मृत अवस्थाको माटोलाई फाईदाजनक जीवाणु तयार गरेर बालीको राम्रो बनाउने पद्धति हो,’ न्यौपानेले भने, ‘रासायनिक मल हालेको भन्दा बढी उत्पादन भएको छ।’ 

चार वर्षदेखि रासायनिक मल र विषादीको प्रयोग गर्न छोडेर न्यौपानेले  आफ्नै विधिबाट प्रांगारिक मल र विषादी बनाएका हुन्। जैविक र प्राकृतिक विधि ढुसी, कीराको प्रकोप, अन्य रोग र बालिलाई आक्रमण गर्ने शत्रु जीवबाट बाली जोगाउने विषादी घरैमा उत्पादन गरेर न्यौपानेले १६ विगाहमा खेतीबाली गर्दै आएका छन्। माटोको उर्वराशक्ति बढ्नुका साथै लागत घट्ने र उत्पादन बढेको उनले बताए।

पशुपालक किसानको गोठमा ड्रम राखेका छन्। त्यहाँबाट गोमूत्र र गोबर ल्याएर औषधि र मल तयार गर्छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.