बायर्न कि डर्टमन्ड, को बन्ला बुन्डेसलिगा च्याम्पियन ?

दोस्रो स्थानको बायर्न म्युनिख १० वर्षदेखिको विरासत जोगाउन कम्तिमा जित निकाल्न तल्लिन हुनेछ। यद्यपि, शीर्ष स्थानको डर्टमन्ड भन्दा दुई अंक पछाडि रहेको बायर्नलाई जित मात्रै पर्याप्त हुनेछैन। डर्टमन्ड पराजित भए वा कम्तिमा बराबरी खेले मात्रै बायर्न च्याम्पियन बन्न सक्छ।
बर्लिन : जर्मन फुटबलको शीर्ष लिग बुन्डेसलिगा २०२२–२३ को च्याम्पियन टिमको टुङ्गो लाग्दै छ। जारी सिजनको अन्तिम चरणका खेल शनिबार राति ७ १५ बाट सुरु हुँदा शीर्ष स्थानको बोरुसिया डर्टमन्ड सन् १०११–१२ पछि पहिलो पटक उपाधि जित्ले लक्ष्यमा हुनेछ।
दोस्रो स्थानको बायर्न म्युनिख १० वर्षदेखिको विरासत जोगाउन कम्तिमा जित निकाल्न तल्लिन हुनेछ। यद्यपि, शीर्ष स्थानको डर्टमन्ड भन्दा दुई अंक पछाडि रहेको बायर्नलाई जित मात्रै पर्याप्त हुनेछैन। डर्टमन्ड पराजित भए वा कम्तिमा बराबरी खेले मात्रै बायर्न च्याम्पियन बन्न सक्छ।
शनिबार राति ७ १५ बजे डर्टमन्डले सिग्नल इडुना पार्कमा मेन्जको सामना गर्नेछ। बायर्नले कोल्नविरुद्ध जे नतिजा निकाले पनि डर्टमन्डले तीन अंक जोड्न सके एक दशकपछि जर्मन च्याम्पियनको ताज जित्ने छ।
यस्तै, रेलिगेसनका लागि पनि तीव्र प्रतिस्पर्धा हुनेछ। हेर्था बर्लिन यसअघि नै रेलिगेसनमा परिसकेको छ। साल्के, बोकुम र स्टुटगार्ट र अग्सबर्ग रेलिगेसनबाट बच्ने प्रयन्तसहित मैदानमा उत्रिने छन्।
प्रतिक्रिया दिनुहोस !
